Menu

आजको मौसम

नदीजन्य पदार्थ उत्खनन गरेको आरोपमा जीतपुरसिमरालाई जरिवाना

Author
News Feed |
September 01, 2026
Featured

बारा , भदौ १७ –

वन क्षेत्रअन्तर्गतको खोलाबाट कानूनविपरीत नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गरेको आरोपमा डिभिजन वन कार्यालय, सिमराले जीतपुरसिमरा उपमहानगरपालिकालाई ३० हजार रुपैयाँ जरिवाना गरेको छ।

भदौ १ गते दुधौरा पुलबाट करिब एक सय मिटर दक्षिणतर्फ वन क्षेत्रको खोलाबाट नदीजन्य पदार्थ ओसारपसार गरिरहेको अवस्थामा उपमहानगरपालिकाको ना.१ग ७२० नम्बरको १० चक्के टिपर वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो।

वन कार्यालयका अनुसार उपमहानगरपालिकाले भदौ ९ गते ३० हजार रुपैयाँ जरिवाना बुझाएपछि टिपरमा लोड गरिएको नदीजन्य पदार्थ झारेर खाली अवस्थामा छाडिएको छ।

डिभिजन वन कार्यालय, बाराका प्रमुख सुजीतकुमार झाले कानूनविपरीत वन क्षेत्रका खोलानालाबाट ढुंगा, गिट्टी, बालुवा तथा ग्राभेल उत्खनन वा ओसारपसार गरे जरिवाना तथा साधन जफत गर्न सकिने बताए।

वन कार्यालयका अनुसार असार, साउन र भदौमा नदी तथा खोलानालाबाट नदीजन्य पदार्थ उत्खनन, सङ्कलन र ओसारपसारमा प्रतिबन्ध रहने व्यवस्था छ। स्थानीय तहले आवश्यक परे सम्बन्धित निकायसँग समन्वय गर्नुपर्ने भए पनि जीतपुरसिमरा उपमहानगरपालिकाले समन्वय नगरेको वन कार्यालयले जनाएको छ।

तस्वीर // प्रतिक दैनिक

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3