Menu

आजको मौसम

दुई हजार बढी व्यक्ति अझै बेपत्ता

Author
News Feed |
August 29, 2026
Featured

वीरगंज । यही भदौ १० गतेको भोटेकोशी बाढीमा परी एक हजार ८६३ नेपाली र ५२३ विदेशी गरी कुल दुर्ई हजार ३६२ बेपत्ता भएको सरकारी तथ्याङ्क छ । बेपत्ताको खोजीका लागि रसुवा, नुवाकोट हुँदै त्रिशूलीको तटीय क्षेत्रमा व्यापक रूपमा सुरक्षा फौज परिचालन गरिएका छन् ।
हराइरहेका व्यक्तिको खोजीका लागि अनलाइनबाट निवेदन लिएर खोजी तीव्र बनाइएको प्रहरी प्रवक्ता काफ्ले बताउनुहुन्छ । विभिन्न अस्पतालमा उपचारार्थ घाइतेको विवरण नेपाल प्रहरीको फेसबुक पेजमा हेर्न सकिने व्यवस्था मिलाइएको छ ।
सम्पर्कविहीन प्रहरी कर्मचारी तथा व्यक्तिको खोजतलासका कामलाई पनि निरन्तरता दिइएको उहाँले बताउनुभयो । “निजका आफन्तसँग समन्वय गरेर, प्रहरीको अभिलेखबाट हुलियासहित तीनपुस्ते निकालेर खोजतलास गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।
सम्पर्कविहीन विदेशी पर्यटकको समन्वय तथा विवरण सङ्कलन पर्यटक प्रहरी परिचालन गरिएको छ ।
बाढीपछि हालसम्म एक हजार ५०६ पुरूष र ७९५ महिला गरी दुर्ई हजार ३०१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार गरिएका व्यक्तिलाई नुवाकोटमा रहेको नौ वटा ‘होल्डिङ सेन्टर’मा राखिएको छ ।
बाढीबाट प्रभावितलाई सुरक्षित आश्रय दिन प्रहरीले नुवाकोट र धादिङमा ‘होल्डिङ सेन्टर’ स्थापना गरेको छ । हाल धादिड्ढो होल्डिङ सेन्टरमा कसैले पनि आश्रय लिएका छैनन् ।
घाइतेको उद्धार र उपचारका लागि नेपाल प्रहरीका २२ वटा मेडिकल टिम फिल्डमा खटिएका छन् । सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धारका लागि कुकुर र ड्रोनसहित प्रहरी परिचालन भएको अवस्था छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3