Menu

आजको मौसम

रसुवा बाढीमा बेपत्ता सोनालालको परिवारले गरे प्रतीकात्मक अन्तिम संस्कार

Author
News Feed |
August 31, 2026
Featured

पर्सा , भदौ १५ –

रसुवामा आएको भीषण बाढी–पहिरोका क्रममा बेपत्ता भएका पोखरिया नगरपालिका–७ रानिगन्जका सोनालाल पण्डितको परिवारले धार्मिक तथा सामाजिक परम्पराअनुसार प्रतीकात्मक अन्तिम संस्कार गरेको छ।

बाढीपछि लामो समयसम्म खोजी गर्दा पनि पण्डितको अवस्था पत्ता नलागेपछि परिवारले उनको प्रतीकात्मक मूर्ति बनाएर दाहसंस्कार गरेको हो।

आफन्त तथा स्थानीयवासीको उपस्थितिमा गरिएको अन्तिम संस्कारका क्रममा परिवारजन भावुक बनेका थिए। बाढीमा बेपत्ता भएको लामो समय बितिसक्दा पनि कुनै जानकारी नआएपछि धार्मिक परम्परा पूरा गर्न प्रतीकात्मक रूपमा अन्तिम संस्कार गर्नुपरेको परिवारले जनाएको छ।

पण्डितको अवस्था अझै अज्ञात रहेकाले परिवार तथा स्थानीयवासीले खोजी कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

बाढी–पहिरोमा बेपत्ता भएका पण्डितको अवस्था पत्ता लगाउन राज्यका सम्बन्धित निकायले खोजीलाई निरन्तरता दिनुपर्ने उनीहरूको माग छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3