Menu

आजको मौसम

सन्दीपको पाँच विकेटमा बहराइन ८७ रनमै अलआउट

Author
News Feed |
August 31, 2026
Featured

पर्सा , भदौ १५ –

कप्तान सन्दीप लामिछानेले घातक बलिङ गर्दै ५ विकेट लिएपछि एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ८७ रनमै समेटेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको बहराइन ३६.२ ओभरमा ८७ रनमा अलआउट भएको हो।

नेपालका लागि सन्दीपले १० ओभरमा १४ रन मात्र खर्चेर ५ विकेट लिए। यस्तै ललित राजवंशीले ३ तथा करण केसीले २ विकेट लिए।

बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५ रन बनाए। मुहम्मद वासिमले १३ तथा अली दाउदले १० रन जोडे।

सन्दीपले १४औँ ओभरमा बलिङ सुरु गर्दै पहिलो बलमै विकेट लिएका थिए। ओभरको चौथो बलमा उनले अर्को विकेट झारे। त्यसपछि आफ्नो पाँचौँ ओभरमा थप एक विकेट लिएका सन्दीपले सातौँ र आठौँ ओभरमा एक–एक विकेट थप्दै पाँच विकेट पूरा गरे।

सन्दीपको उत्कृष्ट बलिङसँगै नेपालले बहराइनलाई सानो योगफलमा रोक्दै खेलमा बलियो सुरुवात गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3