Menu

आजको मौसम

सपारू गाइजात्रा समितिद्वारा गाइजात्रा

Author
News Feed |
August 29, 2026
Featured

वीरगंज, १३ भदौ । सपारू समिति पर्साले नेवार समुदायहरूको दिवङ्गत पितृहरूको सम्झनामा वीरगंजमा गाइजात्रा निकालेको छ ।
समिति पर्साका अध्यक्ष सञ्जय जोशीको अध्यक्षतामा वीरगंज–६ अलखिया अतिथी सदनबाट निस्किएको गाइजात्रा माइस्थान मन्दिर, बिर्तामाई मन्दिरको दर्शनपछि अतिथी सदनमा आइ समापन भएको थियो ।

मल्लकालमा राजा जयप्रकाश मल्लको छोरा अल्पायुमा असामयिक निधन भएपछि पुत्रशोकमा रहेकी रानीलाई खुशी बनाउन विभिन्न किसिमका गाई, राधाकृष्ण, जोगी लगायतको भेषभुषा बनाइ गाइजात्रा निकालिने गरिन्छ । एक दिन सबैको मृत्यु हुन्छ भन्ने उद्देश्यका साथै पितृहरूको सम्झनामा सम्मानस्वरुप गाईजात्रा मनाउँदै आएको अध्यक्ष्F जोशीले बताए ।

वीरगंजका नेवार समुदायका साथै विभिन्न समुदायका अग्रज, महिला, युवाहरू, सपारू समिति पर्साका पदाधिकारी सदस्यहरूको सहभागीतामा गाईजात्रा निकालिएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3