वीरगंज, १३ भदौ ।
भदौ १२ गते पाडो जंगलमा हराएपछि खोज्न हिंडेका बाराको जितपुर सिमरा उ.म.न.पा. १६ टाङियाबस्ती बस्ने भवनाथ फुयालको छोरा वर्ष ५५ को गुरू भन्ने रेवती फुयाल पनि शनिवारदेखि बेपत्ता भएका छन् ।
पाडो (रांगा) जंगलमा चराउन लगेकोमा उक्त पाडो जंगलमा हराएपछि भदौ १३ गते रेवती फुयाल जंगलतर्फ लागेको र हालसम्म घर फर्कि नआएकोमा निजको सालो कृष्ण प्रसाद मैनालीले इ.प्र.का. निजगढ बारा मा जानकारी दिएका थिए ।
प्रहरी निरीक्षक दाताराम अधिकारीको कमाण्डमा १० जनाको टोलीले फुयालको खोजी गरिरहेको जनाएको छ । बर्ण गहुँ गोरो, कपाल कालो, हरियो टिसर्ट र खुट्टामा चपल लगाएको फुयालको खोजीमा सहयोग गरिदिनसमेत प्रहरीले अनुरोध गरेको छ ।
साभार:
घण्टाघर टिभी