Menu

आजको मौसम

रुङ्टा ग्रुपद्वारा बाढी–पहिरो प्रभावितका लागि २ करोड १ लाख सहयोग

Author
News Feed |
August 30, 2026
Featured

वीरगंज, १४ भदौ –

वीरगंजका वरिष्ठ उद्योगपति, समाजसेवी तथा रुङ्टा ग्रुपका अध्यक्ष मुरलीधर रुङ्टाले बाढी तथा पहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।

रुङ्टा ग्रुपअन्तर्गत सञ्चालित विभिन्न उद्योग तथा प्रतिष्ठानबाट सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरिएको हो।

यसअघि शनिबार हरिखेतान बहुमुखी कलेजमा आयोजित कार्यक्रममा कलेज व्यवस्थापन समितिका कोषाध्यक्षसमेत रहेका सुरेशकुमार रुङ्टाले बाढी तथा पहिरो प्रभावितका लागि ३० देखि ४० लाख रुपैयाँसम्म सहयोग गर्ने घोषणा गरेका थिए। तर, घोषणाको भोलिपल्टै रुङ्टा ग्रुपले प्रतिबद्धताभन्दा उल्लेख्य बढी २ करोड १ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

रुङ्टा ग्रुपका सञ्चालक सुरेशकुमार रुङ्टाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि २ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।

बाढी तथा पहिरोका कारण देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भइरहेका बेला प्रभावित परिवारलाई तत्काल राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको ग्रुपले जनाएको छ।

रुङ्टा ग्रुपले उद्योग तथा व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विपद्, स्वास्थ्य, शिक्षा तथा विभिन्न सामाजिक सेवाका क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ।

सञ्चालक सुरेशकुमार रुङ्टाले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार विपद् तथा सामाजिक सेवाका क्षेत्रमा सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

रुङ्टा ग्रुपको यो सहयोगले बाढी तथा पहिरो प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका कार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3