Menu

आजको मौसम

हज समितिका पदाधिकारी तथा सदस्यलाई जिम्मेवारी प्रदान

Author
News Desk |
August 20, 2026
Featured

वीरगन्ज - गृह मन्त्रीस्तरको निर्णय अनुसार नेपाल हज समितिका पदाधिकारी तथा सदस्यहरुलाई भदौ २ गतेदेखि नै लागि हुने गरी समिति गठन तथा संचालनको जानकारी सहित जिम्मेवारी प्रदान गरिएको छ । २०८३ सालको हज समितिमा परेका पदाधिकारी तथा सदस्यहरुलाई नेपाल हज समिति (गठन तथा सञ्चालन) आदेश, २०८२ को दफा ३ को उपदफा १ (ख) बमोजिम जिम्मेवारी प्रदान गरिएको पत्र सहित जानकारी गराइएको हो ।

नेपाल हज समिातिको सदस्य तोकिनु भएकोमा हार्दिक बधाई तथा कार्यकालको पूर्ण सफलताको कामना भनी पत्रमा नै उल्लेख गरी सम्बन्धित व्यक्तिहरुलाई जिम्मेवारी दिइएको पत्र प्रदान गरी अवगत समेत गराइएको छ । कुल २५ सदस्य रहने सो हज समितिको भदौ १ गतेको निणर्य अनुसार महमद फजिल मिया अध्यक्ष रहेन गरी १९ सदस्य समिति चयन भइसकेको छ । अरु सदस्यहरु पनि छनौट गरी थप गर्दै २५ सदस्य बनाइने पनि गृहमन्त्रालयले जनाएको छ ।

उक्त समितिको सदस्यहरुमा मोहम्मद विशाल खान, जाकिर उद्दीन, मुहम्मद हुसेन खाँ, शेख कमुद्दिन लगायत रहेको समितिमा आबद्धहरुबाट खुलेको छ । काठमाण्डौ, ललितपुर, झापा, सुनसरी, गोरखा, कास्की, बाँके, कपिलबस्तु र रुपन्देही र रौतहट गरी विभिन्न १० जिल्लाबाट छनौट गरिएका समितिका सदस्यहरुलाई जिम्मेवारी पनि बाँडफाँड गरी कार्यसम्पादन पनि प्रारम्भ भएको हज समितिको नाममा जारी भएको सार्वजनिक सूचनाले पनि पुष्टि गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3