Menu

आजको मौसम

सेफ तोडफोड गरी पैसा चोरी गरेको आरोपमा पर्साका एकसहित २९ जना पक्राउ

Author
News Feed |
August 29, 2026
Featured

धादिङ , भदौ १३ –

रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद रहेको सेफ तोडफोड गरी पैसा चोरी गरेको आरोपमा धादिङ प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार भदौ १० गते बाढीले बगाएर ल्याएको सेफ गल्छी गाउँपालिका–४, बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा फेला परेको थियो। स्थानीयले सेफ तोडफोड गरी नगद निकालेर लगेको सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएका २९ जनाको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

नियन्त्रणमा लिइएकामध्ये अधिकांश गल्छी–४ मासटार तथा आदमघाट क्षेत्रका छन्। चितवन र पर्साका केही व्यक्ति पनि पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–९ घर भई हाल धादिङको गजुरी गाउँपालिका–६ आदमघाट बस्ने २८ वर्षीय सकुर अन्सारी र चितवनको राप्ती नगरपालिका–६ घर भई हाल गजुरी–८ आदमघाट बस्ने २९ वर्षीय विचारी आले मगर रहेका छन्।

बरामद रकमको स्रोत र घटनामा संलग्न अन्य व्यक्तिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3