Menu

आजको मौसम

रसुवा बाढीमा पर्साका प्रहरी हवल्दार यादव बेपत्ता

Author
News Feed |
August 28, 2026
Featured

वीरगंज, भदौ १२ —

रसुवामा आएको भीषण बाढी र पहिरोमा परी पर्साका नेपाल प्रहरीका एक हवल्दार बेपत्ता भएका छन्। पर्सागढी नगरपालिका–९ एकटाङ्गाका ३७ वर्षीय प्रहरी हवल्दार श्रवणकुमार यादव बाढीपछि सम्पर्कविहीन भएका हुन्।

यादव विगत ५–६ महिनादेखि इलाका प्रहरी कार्यालय टिमुरे, रसुवामा कार्यरत थिए। बाढी आएपछि उनी परिवारको सम्पर्कमा नआएको परिवारले जनाएको छ।

पारिवारिक स्रोतका अनुसार भदौ १० गते बिहान करिब साढे ७ बजे यादवले श्रीमती बिन्दाकुमारीसँग फोनमा अन्तिम पटक कुराकानी गरेका थिए। त्यसपछि बाढीको खबर पाएलगत्तै परिवारले फोन सम्पर्क गर्ने प्रयास गरे पनि मोबाइलमा सम्पर्क हुन सकेको छैन।

यादवका ठूलो बुवाका छोरा कृष्ण यादवका अनुसार उनी सम्पर्कविहीन भएपछि परिवार गम्भीर चिन्तामा रहेको छ।

बेपत्ता यादवको खोजी तथा उद्धारका लागि परिवारले सरकार र सुरक्षा निकायसँग आग्रह गरेको छ। घटनाबारे जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा तथा सम्बन्धित उद्धार तथा राहत टोलीलाई जानकारी गराइसकेको परिवारले जनाएको छ।

यादवले यसअघि काठमाडौं, सर्लाही, रौतहट तथा रसुवाको धुन्चेलगायत विभिन्न स्थानमा रहेर नेपाल प्रहरीमा सेवा गरेका थिए। उनका परिवारमा श्रीमती, एक छोरी र दुई छोरा रहेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3