Menu

आजको मौसम

बेपत्ता राकेशको शव बारा पुगेपछि प्रदर्शन

Author
News Feed |
August 28, 2026
Featured

बारा , भदौ १२ —

तीन दिनदेखि बेपत्ता रहेका बाराको विश्रामपुर गाउँपालिका–३ का राकेश विक्ताको शव गाउँ पुगेपछि स्थानीय बासिन्दा तथा परिवारजनले प्रदर्शन गरेका छन्। पोस्टमार्टम प्रक्रिया सम्पन्न भएपछि शुक्रबार राकेशको शव गाउँ ल्याइएको थियो। शव गाउँ पुगेपछि आक्रोशित परिवार तथा स्थानीयवासी सार्वजनिक चोकमा भेला भएर प्रदर्शनमा उत्रिएका हुन्। प्रदर्शनकारीहरूले राकेशको मृत्युको वास्तविक कारण तत्काल पत्ता लगाउनुपर्ने, घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने तथा दोषी देखिएमा कडा कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन्। परिवारजनले घटनाबारे सत्यतथ्य सार्वजनिक गरी न्याय दिलाउन सम्बन्धित निकायसँग माग गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। राकेशको मृत्युको वास्तविक कारण तथा स्थानीयवासीले उठाएका मागबारे सम्बन्धित निकायको आधिकारिक धारणा भने आउन बाँकी छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3