Menu

आजको मौसम

भोटेकोशी बाढी अपडेट: ५४७ जनाको शव फेला

Author
News Feed |
August 28, 2026

काठमाडौं — रसुवाको भोटेकोशी नदी र आसपासका क्षेत्रमा आएको भीषण बाढीपछिको खोजी, उद्धार तथा सुरक्षा कार्य तीव्र पारिएको छ। नेपाल प्रहरीले जारी गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मीहरूको परिचालन व्यापक बनाइएको छ।

बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि हालसम्म ४,४७३ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। विपद्को यस घडीमा ड्युटीमै रहेका २७ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेका छन् भने तीमध्ये १ जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

बाढी र त्यसपछिको विपद्का कारण हालसम्म विभिन्न जिल्लाबाट कुल ५४७ वटा शव फेला परेका छन्। जसको जिल्लागत विवरण यसप्रकार रहेको छ:

  • चितवन: २२१ जना
  • न.प.पूर्व: १३४ जना
  • गोरखा: ४४ जना
  • धादिङ: ४० जना
  • नुवाकोट: ३८ जना
  • तनहुँ: २९ जना
  • न.प.पश्चिम: २८ जना
  • रसुवा: १३ जना

घाइते तथा उद्धार स्थिति

बाढी प्रभावित क्षेत्रबाट हालसम्म १,४७३ जना को उद्धार तथा उपचार गरिएको छ।

  • नुवाकोट: ८९८ जना
  • रसुवा: ५७२ जना
  • धादिङ: ३ जना

यसैगरी, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा उपचारपश्चात् डिस्चार्ज भएका घाइतेहरूको संख्या ९४ पुगेको छ।

सुरक्षा निकाय तथा सम्बन्धित सबै पक्षले बाढीग्रस्त क्षेत्रमा बेपत्ताहरूको खोजी र राहत वितरणको कामलाई निरन्तरता दिइरहेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3