Menu

आजको मौसम

वीरगञ्ज हेल्थ केयर अस्पतालद्वारा बाढीपीडितका लागि १० लाख सहयोग

Author
crime news |
August 28, 2026
Featured

वीरगञ्ज । सामाजिक उत्तरदायित्वअन्तर्गत वीरगञ्ज हेल्थ केयर अस्पतालका सञ्चालक तथा वरिष्ठ चिकित्सक डा. अबुल हैस अन्सारीले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । डा. अन्सारीले बाढीपीडितका लागि १० लाख रुपैयाँको चेक पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तलाई हस्तान्तरण गरेका हुन् ।


बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै सयौँ परिवार प्रभावित भइरहेका बेला पीडितको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको डा. अन्सारीले बताए ।


विपद्को कठिन परिस्थितिमा एकअर्कालाई साथ दिनु नै सच्चा नेपालीपन र मानवताको परिचय भएको उल्लेख गर्दै उनले बाढी प्रभावित नागरिकको दुःखमा केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताए ।

“एक नेपालीको रूपमा आफ्नो देश र आफ्ना नागरिकप्रति सहयोग गर्नु हाम्रो कर्तव्य हो । विपद्को यस घडीमा सबैले आ–आफ्नो क्षमता र सामर्थ्यअनुसार बाढी प्रभावित नागरिकलाई सहयोग गर्न आवश्यक छ,” डा. अन्सारीले भने ।


उनले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको तत्काल राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी निकायसँगै निजी क्षेत्र, व्यवसायी, सामाजिक संघसंस्था तथा आम नागरिकले समेत हातेमालो गर्नुपर्नेमा जोड दिए ।


वीरगञ्ज हेल्थ केयर अस्पतालले यसअघि पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा सहयोग गर्दै आएको जनाइएको छ ।


डा. अन्सारीले प्रदान गरेको १० लाख रुपैयाँ सहयोगले बाढी प्रभावित परिवारको राहत तथा उद्धारमा केही भए पनि योगदान पुग्ने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3