Menu

आजको मौसम

पर्सामा आयुर्वेदिक उपचारप्रति बिरामीको आकर्षण बढ्दो

Author
crime news |
August 24, 2026
Featured

 ( ग्यासु मिया देवान )

बिरगंज | पर्सामा पछिल्लो समय आयुर्वेदिक औषधि तथा उपचारप्रति बिरामीहरूको आकर्षण बढ्दै गएको छ ।


 

विभिन्न स्वास्थ्य समस्याका कारण अस्पतालमा परीक्षण तथा एलोपेथिक औषधि सेवन गर्दा समेत अपेक्षित सुधार नभएका बिरामीहरू आयुर्वेदिक उपचारतर्फ आकर्षित हुन थालेका हुन् ।


पोखरिया नगरपालिका–७, रानीगञ्जमा रहेको आयुर्वेद औषधालयमा पछिल्लो समय उपचारका लागि आउने बिरामीहरूको चाप बढेको स्थानीय सेवाग्राहीहरुले बताए । 


औषधालयमा बिरामीहरूले निःशुल्क 


स्वास्थ्य परीक्षण, उपचार तथा निशुल्क औषधि समेत पाउने भएकाले सेवाग्राहीको संख्या बढ्दै गएको स्थानीय बिरामीहरूले बताएका छन् ।


औषधालयका प्रमुख कविराज निरीक्षक धिरेन्द्र कुमार सिंहले बिरामीको स्वास्थ्य अवस्था र रोगको पहिचान गरी आयुर्वेदिक उपचार पद्धतिअनुसार आवश्यक औषधि तथा विभिन्न उपचार विधि प्रयोग गर्दै सेवा प्रदान गर्दै आएका हुन ।



उपचारका लागि औषधालयमा पुग्ने बिरामीहरूले आफूहरूले यहाँबाट नियमित रूपमा उपचार तथा औषधि प्राप्त गरिरहेको र स्वास्थ्यमा सुधार महसुस भएको बताएका छन् । 


आयुर्वेदिक उपचारप्रति स्थानीयवासीको विश्वास बढ्दै जाँदा आयुर्वेद औषधालयमा दैनिक बिरामीहरूको उपस्थिति समेत बढिरहेको जनाइएको छ ।


स्वास्थ्य क्षेत्रमा आयुर्वेदिक उपचारको महत्व बढिरहेका बेला ग्रामीण तथा स्थानीय तहमा रहेका यस्ता आयुर्वेद औषधालयबाट प्रभावकारी र सहज स्वास्थ्य सेवा उपलब्ध गराउन सके सर्वसाधारणलाई थप लाभ पुग्ने देखिन्छ । 


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3