Menu

आजको मौसम

रौतहटमा १७ वर्षीया किशोरी घरमै मृत फेला

Author
News Feed |
August 29, 2026
Featured

रौतहट , १३ भदौ १३ —

रौतहटको गढीमाई नगरपालिका–९ मा १७ वर्षीया किशोरी आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन्।

स्थानीय कृष्णनन्द सहनीकी १७ वर्षीया छोरी पुष्पा सहनी शनिबार साँझ आफ्नै दुईतले घरको माथिल्लो तलास्थित कोठामा मृत फेला परेकी प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पुष्पाकी आमाले उनलाई कोठामा मृत अवस्थामा देखेपछि तत्काल प्रहरी चौकी बरियारपुरमा खबर गरेकी थिइन्। सूचना पाएलगत्तै प्रहरी सहायक निरीक्षक संजय झाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनास्थलमा प्रारम्भिक अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक उज्वल क्षेत्रीको कमाण्डमा अनुसन्धान अधिकारी सहितको टोली खटाइएको प्रहरीले जनाएको छ।

मृतक किशोरी अविवाहित रहेको प्रहरीले जनाएको छ। घटनास्थल प्रहरी चौकी बरियारपुरबाट करिब दुई किलोमिटर दक्षिणमा पर्छ।

किशोरीको मृत्युको कारण भने हालसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3