Menu

आजको मौसम

नरायणी अस्पतालका डाक्टर र नर्सहरुको आन्दोलनप्रति चिकित्सक संघले पनि जनायो ऐक्यबद्धता

Author
Crime News |
February 09, 2025
Featured

वीरगन्ज,२७माघःवीरगन्जको नारायणी अस्पतालमा ५ सय शैयाको भवन निर्माणका लागि अस्पतालका चिकित्सक,नर्स र स्वास्थ्यकर्मीहरुले थालेको आन्दोलनप्रति नेपाल चिकित्सक संघ नारायणी शार्खाले पनि समर्थन र ऐक्यबद्धता जनाएको छ ।

सरकारले पाँच वर्षअघि मन्त्रीपरिषदकै बैठकबाट नारायणी अस्पताललाई केन्द्रिय अस्पताल घोषणा गर्दै ५ सय शैयाको पाँच तल्ले भवन निर्माणका लागि बजेटसमेत निकासा गरेपनि शहरी विकास तथा भवन निर्माण विभाग र निर्माण कम्पनि (ठेकेदार) बीचको विवाद अदालतमा पुगेपछि ५ बर्षदेखि भवन निर्माण कार्य अन्योलमा रहेको छ ।

भवन निर्माणको विवाद सम्बन्धि मुद्धाको पेशी सर्वोच्च अदालतमा यहि माघ २८ गते छ । अदालतले उक्त मुद्धाको छिनोफानो गरेर भवन निर्माणको प्रकृया छिट्टै सुरु गर्नुपर्ने माग राखेर नारायणी अस्पतालका डाक्टर,नर्स र कर्मचारीहरु माघ १८ गतेदेखि आन्दोलनरत छन् ।

उक्त आन्दोलनप्रति आइतबार नेपाल चिकित्सक संघ नारायणी शार्खाले समर्थन जनाएको संघका अध्यक्ष डा. मनोज कुमार गुप्ताले जानकारी दिए ।आइतबार बिहान संघका पदाधिकारी,सदस्य र संघमा आबद्ध चिकित्सकहरुले अस्पताल परिसरमा पुगेर संघको तर्फबाट ऐक्यबद्धता र समर्थन जनाएको संघका सचिव डा. नौशाद हकले बताए ।

यसका साथै नारायणी अस्पतालमा नयाँ आधुनिक भवन निर्माण , पूराना जीर्ण भवनको पुर्न निर्माण,स्तरोन्नत्ती, उपचारमा आवश्यक अत्याधुनिक उपकरण थप्न तथा डाक्टर र नर्सको संख्या बढाउन लगायतका माग राख्दै प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्रपनि पठाइएको संघका सचिव हकले जानकारी दिए ।

 

The post नरायणी अस्पतालका डाक्टर र नर्सहरुको आन्दोलनप्रति चिकित्सक संघले पनि जनायो ऐक्यबद्धता appeared first on Madhes Khabar.


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3