Menu

आजको मौसम

पूर्ण खोप घोषणा भइसकेको पर्सामा पहिलो पटक भेटिएका जिरो डोजको बच्चालाई लगाइयो खोप

Author
Crime News |
February 09, 2025
Featured

वीरगन्ज,२७माघःआठ महिना पहिले नै पूर्ण खोप जिल्ला घोषणा भइसकेको पर्सामा जीरो डोजको (नियमित कुनैपनि खोप नलगाएको) एक बालक भेटिएका छन् ।जन्मेदेखि १५ महिनासम्मको बच्चालाई डिपिटी, बिसिजी ,पोलियो लगायतका गरी १३ प्रकारका खोप लगाउने गरिन्छ ।

स्वास्थ्य कार्यालय पर्साले २०८१ जेठ ३ गते पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरेको थियो ।तर पूर्ण खोप जिल्ल घोषणा भइसकेको ८ महिनापछि पर्सामै जिरो डोजको एक बालक भेटिएको हो । पर्साको कालिकामाई गाँउपालिका वडा नम्बर ५ हरिहरपुरमा १ बर्ष ६ महिना उमेरका बालकले नियमित १३ मध्ये एउटापनि खोप नलगाएको भेटिएको स्वासथ्य कार्यालय पर्साले जनाएको छ । ती बालकलाई शनिबार हरिहरपुरमै पुगेर स्वास्थ्यकर्मीले खोप लगाएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए ।

उनका अनुसार, जिल्लामा अहिले जारी महिलाको पाठेघरको मुखको क्यान्सरविरुद्धको एच.पि.भि. खोप अभियानका क्रममा विद्यालयका पँहुच बाहिर रहेका १० देखि १४ बर्ष उमेर समुहका बालिका र किशोरीहरुको पहिचानका लागि गत शुक्रबार स्वस्थ्यकर्मीहरुको टोली हरिहरपुरमा पुगेको थियो ।

हरिहरपुरस्थित गाँउपालिका कार्यालय अगाडिको चौरमा अस्थायी पाल टाँगेर बसेका फिरन्ते नेटुवा र बढई समुदायमा स्वासथ्यकर्मीको टोली पुग्दा त्यँही समुदायमा १ बर्ष ६ महिना उमेरका एक बालक फेला परेको ठाकुरले बताए । पूर्ण खोप घोषणा भइसकेपछि पर्सामा जिरो डोजको पहिलो बच्चा भेटिएको उनले बताए ।

त्यसपछि शनिबार स्वास्थ्य कार्यालय पर्सा,युनिसेफ र पालिकाकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीसहितको टोली त्यहाँ पुगेर ती बालकलाई खोप लगाएको ठाकुरले जानकारी दिए ।

ठाकुरले भने,‘हरिहरपुरको चौरमा पाल टाँगेर बसेको फिरन्ते समुदायका मानिसहरु पर्सा जिल्लाका नभई बारा जिल्लाका हुन् । उनिहरु एकै ठाँउमा यसरी बस्दैनन् । ठाँउ फेरेर घुमिरहन्छन् । त्यसै कारण ती बालक नियमित खोप लगाउनबाट बञ्चित भएको हुनुपर्छ।’

नियमित खोपबाट बञ्चित बालक भेटिएका उक्त फिरन्ते समुदायमै एच.पि.भि. खोपको लक्षित उमेर समुहका तीन जना किशोरीहरु भेटिएको ठाकुरले बताए ।फिरन्ते समुदायकै ११, १३ र १२ बर्षका ती किशोरीहरुलाईपनि शनिबार नै एच.पि.भि. खोप लगाइएको ठाकुरले जानकारी दिए ।

The post पूर्ण खोप घोषणा भइसकेको पर्सामा पहिलो पटक भेटिएका जिरो डोजको बच्चालाई लगाइयो खोप appeared first on Madhes Khabar.


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3