Menu

आजको मौसम

वीरगन्जको लक्ष्मीपुरमा रहेको सरकारी विद्यालयलाई १० सेट बेन्च–डेस्क सहयोग

Author
Crime News |
January 02, 2025
Featured

वीरगन्ज,१८पुसःपरोपकारी संस्था उपकार सेवा नेपालले वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ लक्ष्मीपुरस्थित नेपाल रेडक्रस आधारभूत विद्यालयलाई १० सेट बेन्च–डेस्क सहयोग गरेको छ ।

बिहीबार उपकार सेवा नेपालकी विद्यादेवी सरावगीसहितको टोलीले विद्यालयमै पुगेर बेन्च-डेस्क प्रदान गरेको हो । शिवशक्ति घ्यू उद्योग प्रालिको आर्थिक सहयोगमा ती बेन्च–डेस्क विद्यालयलाई प्रदान गरिएको अध्यक्ष सरावगीले बताइन् । त्यसअवसरमा विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले उपकार सेवा नेपालकी अध्यक्ष सरावगीलाई प्रशंसापत्र प्रदान गरेको थियो ।

वीरगन्ज–३१ का वडाअध्यक्षः जितेन्द्र यादवकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपकार सेवा नेपालकी सदस्य देवी सरावगी,सुमन बगेडिया,अंकुर शर्मा,शिवशक्ति घ्यू उद्योगका प्रशासकीय प्रमुख नवल किशोर सिंह, समाजिक अभियन्ता प्रकाश थारू, वडासदस्य विरेन्द्र राय थारू,प्रधानाध्यापक लक्ष्मण प्रसाद साह लगायतकाकोपनि उपस्थिती थियो ।

The post वीरगन्जको लक्ष्मीपुरमा रहेको सरकारी विद्यालयलाई १० सेट बेन्च–डेस्क सहयोग appeared first on Madhes Khabar.


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3