Menu

आजको मौसम

वीरगन्जमा सशस्त्र प्रहरी दिवसमा आयोजित कार्यक्रममा ५७ जनाले गरे रक्तदान

Author
Crime News |
January 20, 2025
Featured

वीरगन्ज,७माघःसशस्त्र प्रहरी बलको २४ औं स्थापना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजित रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका छन् ।

वीरगन्ज–१४ पिपरास्थित सशस्त्र प्रहरी बल नम्बर १३ गण हेड क्वाटर पर्साले सोमबार आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिलासहित ५७ जनाले रक्तदान गरेका हुन् ।सशस्त्र प्रहरी दिवसको उपलक्ष्यमा नेपाल रेडक्रस सोसाइटी पर्साको सहकार्यमा कार्यक्रममा सशस्त्र प्रहरी बलका ५७ जनाले रक्तदान गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए ।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल,नेपाली सेनाका सेनानि देव बहादुर बोहरा लगायतकाकोपनि उपस्थिति थियो ।

 

The post वीरगन्जमा सशस्त्र प्रहरी दिवसमा आयोजित कार्यक्रममा ५७ जनाले गरे रक्तदान appeared first on Madhes Khabar.


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3