वीरगन्ज,१८पुष: तीन दिन यता शीतलहरसंगै चिसाे बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाले महानगरका विभिन्न सार्वजनिक स्थानमा दाउरा बालेर आगाे ताप्ने व्यवस्था मिलाएकाे छ ।
बिहीबारदेखि महानगरपालिकाले नारायणी अस्पताल परिसर,माईस्थान चाेक,घण्टाघर चाेक लगायतका स्थानमा आगो बालेर ताप्ने व्यवस्था मिलाएकाे हाे।
महानगरका मेयर राजेशमान सिंहकाे निर्देशनमा नगर प्रहरी र कर्मचारीहरुको टोलीले वडा अध्यक्षहरुकाे समन्वयमा घणटघर ,माइस्थान,,वीर्ता चाेक,नारायणी अस्पताल लगायतका सार्वजनिकस्थलहरूमा दाउरा वितरण गरी आगाे ताप्ने व्यवस्था मिलाएकाे महानगरका सरसफाइ व्यवस्थापन महाशाखाका प्रमुख सर्फुदिन मियाँले जानकारी गराए।
अब महानगरका ग्रामीण भेगका वडाका सार्वजनिक स्थानहरुमा पनि दाउरा बाँडेर आगाे ताप्ने व्यवस्था मिलाइने मियाँले बताए।वीरगन्जमा शितलहरको शुरूवात भएसंगै जाडाेबाट महानगरबासीलाई राहत मिलाेस् भनेर ३२ वटै वडाका सार्वजनिक स्थलमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाइने मेयर सिंहले बताए ।
The post वीरगन्जमा जाडाे अत्याधिक बढेपछि महानगरपालिकाले ठाउँ ठाँउमा आगाे ताप्ने व्यवस्था मिलायाे appeared first on Madhes Khabar.