Menu

आजको मौसम

हरेक नागरिकको घरघरमा शुद्ध खानेपानी सहित नलको व्यवस्था गर्छौँ : मन्त्री यादव

Author
Crime News |
January 03, 2025
Featured

बारा,१९पुसःखानेपानीमन्त्री प्रदीप यादवले बारा जिल्लाका हरेक नागरिकको घर घरमा शुद्ध खानेपानी सहितको नलको व्यवस्था गरिने बताएका छन् ।शुक्रबार बाराको कलैयास्थित नेपाल खानेपानी संस्थानको शाखा कार्यालयको आयोजनामा कलैया उप–महानगरपालिका स्थित मानमत–कलैया–मटिअर्वा सडक खण्डमा जोडिने त्रिचन्द्र स्कूलदेखि भतौडा पोखरी (तीन दशमलब ४ किमी) नयाँ खानेपानी पाईपलाईन विस्तार परियोजनाको शिलान्यास गर्दै मन्त्री यादवले उक्त कुरा बताएका हुन् ।

मन्त्री यादवले भने, “बारा जिल्लामा घामपानीले क्षती पु¥याएका खानेपानीका सबै ट्यांकीहरु मर्मतका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी यहाँका नागरिकलाई शुद्ध खानेपानी बितरण गर्ने म बचन दिन चाहन्छु ।”

मन्त्री यादवले पछिल्लो समय चुरे दोहान, जङ्गल फडानी गर्ने कार्य बढेको तथा जलवायु परिर्वतनका कारण तराइँका विभिन्न क्षेत्रमा रहेका भुमिगत खानेपानी सहित चापाकलहरु सुक्दै गएकाले आगमी दिनमा तराइँका क्षेत्रमा पानीको निकै समस्या उत्पन्न हुने अवस्था सृजना भएको बताए।

“विगतमा दुई सय ५० फिटमा चापाकलमा पानी आउथ्यो, चुरे दोहन, जङ्गल फडानी तथा जलवायु परिवर्तनका कारण तीन सय फिटमा पनि आउँन छोडेको छ, उनले भने, “शुद्ध खानेपानीका लागि ठोस पहल नचाले तराइँमा पानीको निकै हाहाँकार हुने सम्भावना छ । सरकार हरेक नागरिकको पहुँचमा शुद्ध खानेपानी पु¥याउनका लागि कटिबद्ध रहेको छ ।”

बाराको सिस्वा गाउँवासी एवं आसपासका क्षेत्रका लागि खानेपानी आयोजना निर्माण गर्न आगामी महिना १४ करोडको टेण्डर आह्वान गर्ने कार्ययोजना रहेको समेत मन्त्री यादवले सुनाए।उनले भने, “म खानेपानी मन्त्री हुँ । मेरो काम नागरिकलाई शुद्ध पानी खुवाउनु हो । मेरो कार्यकालमा सबै नागरिकलाई शुद्ध अनि स्वच्छ खानेपानीको पहुँचमा पु¥याउने छु ।”

आम नेपाली नागरिकलाई शुद्ध पानी प्रदान गर्ने उदेश्यले सञ्चालनमा रहेका खानेपानी मन्त्रालय मातहतका सबै खानेपानी आयोजनाहरुको नतिजा देखिने गरी काम गरी काम भइरहेको समेत मन्त्री यादवले जानकारी दिए ।

शुक्रबारको कार्यक्रममा संबिधान सभा सदस्य प्रमोद गुप्ता, पूर्व प्रदेश सभा सदस्य पारस साह, कलैया उपमहानगरपालिकाका मेयर विनोद साह, जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साह, नेपाल खानेपानी संस्थान ईन्जिनियर महाशाखा प्रमुख निरन मर्हजन, नेपाल खानेपानी संस्थान शाखा कार्यालय बाराका प्रमुख सञ्जिब यादव, वीरगन्ज शाखा कार्यालयका प्रमुख प्रविन साह, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्का लगायतको समेत सहभागिता रहेको थियो ।

The post हरेक नागरिकको घरघरमा शुद्ध खानेपानी सहित नलको व्यवस्था गर्छौँ : मन्त्री यादव appeared first on Madhes Khabar.


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3