सर्लाही,१७पुस:सर्लाहीमा बस पल्टिँदा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ ।
सर्लाहीको बलरा नगरपालिका-९ छतौनास्थित सशस्त्र प्रहरीको चेकपोस्टमा बा ००६ ख २००४ नम्बरको बस पल्टिँदा सशस्त्र बोर्डर आउट पोष्ट छतौनामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको मुत्यु भएको हाे ।
सशस्त्र चेकपोस्टको छेउमा फोनमा कुरा गरिरहेका तुलाधरमाथि बस पल्टिएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका तुलाधरको उपचारको क्रममा मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ । बस चेकपोस्टमा राखिएको ड्रमलाई ठक्कर दिँदै पल्टिएको थियो ।
बसका चालक,सहचालक सहित दलका ३जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
The post सर्लाहीमा बस पल्टिँदा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु appeared first on Madhes Khabar.