Menu

आजको मौसम

करातेमा नेपाललाई छ स्वर्णसहित २५ पदक

Author
Crime News |
January 19, 2025
Featured

काठमाडौं, ६ माघ/
नेपालले तेस्रो अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा ६ स्वर्णसहित २५ पदक जितेको छ । नेपालले ६ रजत र १३ कास्य पदक समेत प्राप्त गरेको छ ।
भारतको असम राज्यको गुवाहटीमा भएको उक्त प्रतियोगितामा होमबहादुर राई, रसिला श्रेष्ठ, सिवानी आले मगर, जेनो पुन, अर्जुन अधिकारी र आशिष तामाङले नेपालका लागि स्वर्ण पदक हात पारे । त्यसैगरी विवेक नेपाली, आरोज तामाङ, सतालीराज बुढा, साम्राज्ञी चौधरी, रोजी फगामी मगर र निर्जला ओलीले रजत प्राप्त गरे ।
यस्तै सार्थक शाही, प्रलिशा प्रधान, ऐश्वर्य बुढा, इल्भा सिंह, युदिका राणा, प्रनिश बर्देवा, रेहान श्रेष्ठ, उदय परियार, महेन्द्र कार्की, अÍित पाठक, रोहित श्रेष्ठ, साजन नेपाली र करण औडले कास्य पदक प्राप्त गरे । रासस

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3