Menu

आजको मौसम

सशस्त्र प्रहरी बल पर्साद्वारा ठुलो मात्रामा प्रतिबन्धित लागु औषध इन्जेक्सन बरामद ।

Author
Crime News |
December 31, 2024
Featured

 ग्यासु मिया देवान 

बिरगंज / सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजको नियमित चेक प्वाइन्ट टोलिले बिरगंज भन्सारको मैन गेट अगाडिबाट ठूलो मात्रामा प्रतिबन्धित लागु औषध इन्जेक्सन सुई पक्राउ गरिएको छ ।


तेस्रो लिङ्गीको रुपधारण गरि भारतबाट नेपाल तर्फ पैदल आउन्दै गरेको उक्त ब्याक्तीले हरियो खुर्सानी बोकेको बोरा भित्र लुकाई छिपाई ठुलो मात्रामा प्रतिबन्धित लागु औषध Diazepam (2 ML) ४९० एम्पुल Buprenorphine (2 ML) ४९९ एम्पुल Noophine(2 ML) २९७ एम्पुल

Promethazine Hydrochloride Injection I.P (25 MG) ४९७ एम्पुल

पक्राउ गरिएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ ।


पर्साको बहुदरमाई नपा वडा न,३ नगरदाहा बस्ने बर्ष ३६ को मिश्रि रामले भारतको रक्सौलबाट बिरगंज तर्फ पैदल आउदै गरेको अवस्थामा शंकालागि खानतलासी गर्दा हरियो खुर्सानी सहित बोरा भित्र लुकाई छिपाई ठूलो मात्राको प्रतिबन्धित लागु औषध सुई बरामद गरिएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ ।


सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बा आएको एक हप्ता नबित्दै विभिन्न अबैध मालसामान पक्राउ गर्नुको साथै आज प्रतिबन्धित इन्जेक्सन  सुइ समेत बरामद गर्नु भएको हो ।


पक्राउ गरिएको उक्त प्रतिबन्धित लागु औषध सुइ सहित मानिसलाई आवस्यक कार्यवाहीको लागि इनर्वा प्रहरी चौकीमा बुझाइएको सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाले बताएका हुन ।



यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3