Menu

आजको मौसम

भारतीय एसएसबीका महानिर्देशक अमृत मोहन प्रसादले सिमा सुरक्षा सम्बन्धि बैठक रक्सौलमा गरे ।

Author
Crime News |
November 12, 2024
Featured

 ग्यासु मिया देवान 

बिरगंज / रक्सौल / नेपाल- भारत सिमा सुरक्षा सम्बन्धित संयुक्त बैठक आज एकीकृत भन्सार कार्यालय ICP रक्सौलको सभा हलमा भएको छ ।


भारतीय सिमा सुरक्षा बल एसएसबीका महानिर्देशक अमृत मोहन प्रसादको प्रमुख अतिथित्यमा भएको उक्त बैठकमा सिमा अपराध, सिमा सुरक्षामा दुबै देशको सुरक्षा कर्मीहरुको महत्त्वपूर्ण भुमिका तथा समन्वयको आवस्यकता लगायतको बिषयमा छलफल भएको हो ।



 

सो संयुक्त बैठकमा सिमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीहरुले आगमनलाई सहजीकरण गर्नुको साथै सुरक्षामा बिशेष ध्यान दिन निर्देशन समेत दिनुभएको थियो ।



दुबै देशका नागरिक बीचको परापुर्वक काल देखी सम्बन्ध भएको हुन्दा उक्त सम्बन्धलाई आपसी समन्वय र समझदारीका साथ सिमा सुरक्षा जांचमा बिशेष ध्यानदिन समेत वहाँले आग्रह गर्नु भएको थियोे ।



सिमा क्षेत्रका स्थानीय जनताहरु संग सुमधुर सम्बन्ध स्थापित गर्न शान्ति सुरक्षाको प्रत्याभूति सहित सिमा सुरक्षा तथा सिमा अपराधलाई रोक्न दुबै देशका सुरक्षा अधिकारी संग आपसी सहयोग, समन्वय र सम्बन्धलाई अझ स्थापित गर्नुको साथै सिमा सुरक्षामा बिशेष ध्यान दिन सशस्त्र सिमा बल एसएसबीका महानिर्देशक अमृत मोहन प्रसादले बताउनु भएको थियो ।


आजको उक्त बैठकमा एसएसबीका आईजी हसनैन खान, डिआईजी सुरेश सुब्रमनियम, भारतीय महावाणिज्य दूतावास बिरगंजका महावाणिज्यदूत डि एस मिना, भारत बिहार राज्यको मोतिहारी जिल्लाका जिल्ला अधिकारी सौरभ जोरवाल, एसपी स्वर्ण प्रभात, एसएसबी रक्सौल कमान्डेट बिकाश कुमार, जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सशस्त्र प्रहरी बल १३ न, गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्का, सशस्त्र प्रहरी बल १२ न, गण बाराका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बहादुर सिंह लगायतको सहभागितामा भएको उक्त सिमा सुरक्षा सम्बन्धि बैठक सभ्य र भब्य रुपमा सम्पन्न भएको छ ।




यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3