Menu

आजको मौसम

पर्सा काग्रेस र एमाले दुई दलिय संयन्त्र बैठक सम्पन्न , प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने

Author
Crime News |
November 18, 2024
Featured

 बीरगन्ज / नेपाली काग्रेस र नेकपा एमाले दुई दलिय राजनैतिक संयन्त्र पर्साको बैठक आइतवार बीरगन्जमा सम्पन्न भएको छ । 


संयन्त्र को बैठकले पर्सा जिल्लाको समग्र विकास निर्माण को लागी पर्सा जिल्लाबाट संघिय र प्रदेश सरकारका मन्त्रीहरु र सांसदहरु सित छलफल गरी प्रधानमन्त्री तथा मन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । विकास निर्माण र अन्य मागको मस्यौदा तयार गर्न नेपाली काग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी र नेकपा एमाले पर्साका सचिव महेश दासलाई जिम्मेवारी दिने निर्णय गरेको छ । 


नेपाली काग्रेस पर्साको सभापति तथा प्रदेश सरकार भुमि व्यवस्था कृषी तथा  सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री को सभापतित्वमा भएको बैठकमा नेपाली काग्रेसको उप सभापति रामनारायण कुर्मी र जिल्ला सचिव दिनेश चौधरी तथा नेकपा एमालेबाट केन्द्रीय सदस्य एवम् पर्सा इन्चार्ज माननीय प्रभु हजरा, जिल्ला अध्यक्ष डा. विशम्भर कुमार शर्मा र जिल्ला सचिव महेश दासको सहभागिता थियो ।


 नेपाली काग्रेस र नेकपा एमाले को नेतृत्वमा गठन भएको वर्तमान संयुक्त सरकारलाई सफल बनाउन केन्द्रीय तह, प्रदेश तह र जिल्ला तहमा दुई दलिय संयन्त्र बनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3