Menu

आजको मौसम

पर्साको मनवाबाट दुई थान सालको काठ र साईकल पक्राउ ।

Author
Crime News |
October 06, 2024
Featured

 ग्यासु मिया देवान 

बिरगंज / डिभिजन बन कार्यालय पर्साको सक्रियतामा पर्सागठी नगरपालिकाको मनवा बजारबाट बन गस्ती टोलिले दुई थान सालको काठ सहित दुइ वटा साइकल पक्राउ गरिएको डिभिजन बन कार्यालय पर्साले जनाएको छ ।


सब डिभिजन बन कार्यालय सखुवनिया र सशस्त्र प्रहरी बल सुरक्षा बेस बागेश्वरी तित्रौनाबाट खटिएको संयुक्त बन सुरक्षा गस्ती टोलिले १४.०१ क्युफिट दुई थान सालको काठ र दुईवटा साईकल पक्राउ गरिएको डिभिजन बन कार्यालय पर्साका प्रमुख DFO मन्जुर अहमदले जनाएका हुन ।


पर्सागठी नगरपालिका वडा न, १ को मनवा गेटबाट दोहरीतर्फ काठ तस्करहरुले साईकलमा लोड गरि ल्याई राखेको अवस्थामा बन सुरक्षा संयुक्त गस्ती टोलिलाई देख्ने बित्तिकै काठ र साईकल  छोडी फाली फरार भएको सब डिभिजन बन कार्यालय सखुवनियाका फोरेस्टर हरिभजन चौधरीले बताए ।


निषठावान, इमानदार र जिम्मेवार अफिसरको रुपमा डिभिजन बन कार्यालय पर्साका प्रमुख बन अधिकृतको जिम्मेवारी संभालेको मन्जुर अहमदले आएको केहि दिन नबित्दै प्रत्येक दिन चोरी तस्करीको काठ साईकल र मानिस सहित पक्राउ गरि आवस्यक कडा कानुनी कार्वाही गर्न थाल्नु भएको स्थानीयहरुले बताएका हुन ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3