Menu

आजको मौसम

डिभिजन बन कार्यालय पर्साद्वारा स-मिलमा छापा ६ थान सालको काठ पक्राउ ।

Author
Crime News |
October 23, 2024
Featured

 ग्यासु मिया देवान 

बिरगंज / डिभिजन बन कार्यालय पर्साका प्रमुख डिभिजनल बन अधिकृत मन्जुर अहमदलाई प्राप्त बिशेष सूचना अनुसार बिरगंज महानगरपालिकाको वडा न, २९ को रत्नतपुर स्थित एउटा स-मिलमा बन जंगलबाट सालको गोलिया चोरीपैठारी गरि राखिएको अवस्थामा सूचना पाउन साथ डिभिजन बन कार्यालय पर्साका प्रमुख डिभिजनल बन अधिकृत मन्जुर अहमदको निर्देशनमा बन अधिकृत सन्दिप पटेलको कमान्डमा खटिएको टोलिले उक्त स-मिलमा छापामारी गरि ६ थान सालको गोलिया काठ पक्राउ गर्न सफल भएको डिभिजन बन कार्यालय पर्साले जनाएको छ ।


सो चोरीपैठारीको सालको काठ पक्राउ गर्न जादा स-मिलका संचालक र स्थानीयहरुले अबरोध सृजना गरेका थिए बन अधिकृत सन्दिप पटेलको कमान्डमा गएको दलबल  सहितको टोलिले स्थितिलाई नियन्त्रणमा लिदै स-मिलमा राखिएको अवस्थामा ११.३२ क्युफिट सालको गोलिया ६ थान काठ पक्राउ गर्न सफल भएको बन अधिकृत सन्दिप पटेलले जनाए ।


आज पक्राउ गरिएको उक्त ११.३२ क्युफिटको सालको ६ थान गोलिया काठ डिभिजन बन कार्यालय पर्सामा राखिएको र थप अनुसन्धान भइ रहेकोे डिभिजन बन कार्यालय पर्साका प्रमुख डिभिजनल बन अधिकृत मन्जुर अहमदले बताएका हुन ।


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3