ग्यासु मिया देवान
बिरगंज / स्वावलम्बन लघुवित बितिय संस्था लि.बिरगंज शाखाले आज आयोजना गरेको बितिय साक्षरता तथा केन्द्र प्रमुख संग अन्तरक्रिया कार्यक्रम पहिलो सत्र आज सम्पन्न भएको छ ।
स्वाबलम्बन लघुबितिय संस्था बिरगंजको माईस्थान शाखाले यही मिति २०८१ जेष्ठ ३० र ३१ गते दुई दिन यस शाखा संग आबद्ध महिला सदस्य दिदिबहिनीहरु संग बितिय साक्षरता तथा केन्द्र प्रमुख संग अन्तक्रिर्या कार्यक्रम बिरगंजको आदर्श होटेलमा सम्पन्न भएको केन्द्र प्रमुख अन्जन कार्कीले जनाएका हुन ।
मधेस प्रदेश मै उत्कृष्ट तथा ख्यातिप्राप्त लघुबित बितिय संस्थाको रुपमा रहेको स्वावलम्बन लघुबित बितिय संस्था महिला सदस्यहरुको बिश्वास जित्न सफल रहेको उक्त कार्यक्रममा सहभागी महिलाहरुले बताए ।
महिला सदस्यहरु बीच समुह बनाई समुह बचत, केन्द्र बचत तथा कर्जा प्रवाह गर्नुको साथै जीवन बिमा लगायतको कार्यक्रमले यस क्षेत्रका गरिब असहाय र विपन्न बर्गहरुलाई आत्मनिर्भर बनाउन यस संस्थाको ठुलो सहयोग रहेको आबद्ध महिला सदस्यहरुले जनाए ।
कम्पनी रजिस्ट्रार कार्यालयमा मिति २०५८ साल आशिवन १९ गते दर्ता भएको उक्त संस्था मिति २०५८ साल पौष १९ गते नेपाल राष्ट्र बैंकबाट बितिय कारोबार गर्न राष्ट्रिय स्तरको , घ , बर्गको इजाजतपत्र प्राप्त स्वीकृत बितिय संस्थाको रुपमा रहेको स्वावलम्बन लघुबित बितिय संस्था क्षेत्रिय कार्यालय प्रमुख सन्त बहादुर सार्थिले आजको उक्त कार्यक्रममा सहभागी महिला सदस्यहरुलाई बताउनु भएको थियोे ।
स्वावलम्बन लघुबित बितिय संस्थाको रुपमा आफ्नो पहिलो बैकिङ्ग कारोबार मिति २०५८ साल माघ १ गते बाट संचालन गर्दै गरेकोमा मिति २०६२ साल बैशाख १४ गते नेपाल राष्ट्र बैंकबाट लघुबित क्षेत्रमा उत्कृष्ट कामगरे बापत सम्मानित भएको थियोे ।
आज भएको उक्त बितिय साक्षरता तथा केन्द्र प्रमुख संग अन्तरक्रिया कार्यक्रमका सभापतिको रुपमा सहभागी महिला सदस्यहरु मध्ये छनौट एकजना महिला सदस्य ललिता देवी साहलाई कार्यक्रमको अध्यक्षता ग्रहण गराइएको थियो त्यसै गरि प्रमुख अतिथि बिरगंज महानगरपालिका वडा न.७ का वडा अध्यक्ष हिराकाजी महर्जन, बिशिस्ट अतिथि स्वावलम्बन बैंक क्षेत्रिय कार्यालयका प्रमुख सन्त बहादुर साथी, क्राइम न्युज अनलाइनका प्रकाशक सम्पादक ग्यासु मिया देवान, अतिथिमा स्वावलम्बन लघुबित बितिय संस्था लि. बिरगंज शाखा प्रमुख अन्जन कार्की लगायत सो संस्थामा कार्यरत कर्मचारीहरुको बाक्लो उपस्थिति रहेकोे थियोे ।
आजको उक्त कार्यक्रमको सहजीकरण स्वावलम्बन लघुबित बितिय संस्था बिरगंज शाखाका एकाउन्टेन्ट अनिल कुमार साहले गर्नुभएको उद्धघोषणमा विभिन्न केन्द्र समुहका महिला सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
प्रतिक्रिया