ग्यासु मिया देवान
बिरगंज / सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको बिशेश टोलि र बिरगंज भन्सार कार्यालयका नासु जीवन कुमार सुनुवार सहितको संयुक्त टोलिले एक घर गोदाममा छापामारी गरि पाँच लाख मुल्य बराबरको अबैध भन्सार छलिका मालसामान पक्राउ गरिएको छ ।
बिशेष सूचनाको आधारमा बिरगंज महानगरपालिका वडा न.२ को श्रीराम कोलेनीमा रहेको एक घर गोदाममा भन्सार छलीका अबैध विभिन्न किसिमका माल सामानहरु स्टोर गरि लुकाई छिपाई राखिएको अवस्थामा उक्त सामानहरु पक्राउ गरिएको हो ।
आज पक्राउ गरिएको उक्त मालसामानको भन्सार मुल्य रु,५००,०००/- पाँच लाख बराबरको रहेको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ ।
पक्राउ गरिएको उक्त माल सामान बिरगंज भन्सार कार्यालयको गोदाममा राखिएको बिरगंज भन्सार कार्यालयले जनाएको छ ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजाल आएको अढाई महिनामै उल्लेखनीय कार्य गर्दै चोरीपैठारी तथा भन्सार छलिका अबैध मालसामान पक्राउ गरि राजस्व वृद्धिमा महत्त्वपूर्ण कार्य गरिरहेको बिरगंज भन्सार स्रोतले जनाएको छ ।
प्रतिक्रिया