बर्दिवास, महोत्तरी / विगतमा मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा भएका साम्प्रदायिक विवादका कारण शान्ति सुरक्षामा देखिएकाे चुनैतिलाई विशलेषण गर्न र विभिन्न धर्मिक समुदाय विच सद्भाव कायम राख्नका लागि मिति २०८० फाल्गुन ३ गते साम्प्रदायिक विवाद भई लामाे
समय कर्फ्यु लगाएकाे स्थान रौतहट जिल्ला ईशनाथ न.पा.-७ घिउरा स्थित फैजुल उलुम मदरसा र शिव मन्दिरमा हिन्दु र मुस्लिम समुदायका अग्रज तथा स्थानीयबासीहरुसँग अन्तरकृया गरी सामाजिक सद्भाव कायम राख्न आ-आफ्नो धार्मिक
क्रियाकलापहरु भद्ररुपमा गर्ने, अन्य समुदायकाे कार्यक्रममा कुनै व्यवधान नगर्ने, सीमा ईलाकामा भएका व्यावहारिक समस्याहरुलाई समाधान गर्न आवश्यक पहल गर्ने विषयमा छलफल भएकाे थियाे।कार्यक्रममा मधेश प्रदेशका सुरक्षा निकायका प्रमुखहरु प्रहरी नायव महानिरीक्षक निरीक्षक यज्ञ बिनोद पोख्रेल, सशस्त्र प्रहरी नायव महानिरीक्षक निरीक्षक दीपेन्द्र शाह, अनुसन्धान निर्देशक संजय कुमार यादव लगायत जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले विकासका लागि शान्ति अपरिहार्य रहेकाले स्थानियलाई गम्भीरतापूर्वक सामाजिक सद्भावना कायम राख्न
अनुराेध गरेका थिए र स्थानीयहरुले विगतकाे घटनाकाे समीक्षा गर्दै आगमि दिनमा सामाजिक सद्भावमा असर पार्ने कुनै पनि किसिमकाे क्रियाकलाप दाेहाेरिन नदिने प्रतिवद्ता गरेका थिए।
जिल्लामा भएका घटनाहरुकाे सराेकारवाला हरुसंग प्रदेशका सुरक्षा निकायमा प्रमुखहरु संगै सुरक्षाकाे समीक्षा गरेकाे र आफ्ना समस्याहरु समेत प्रत्येक्ष सुनाउन पाउदा स्थानीयहरू खुशि हुनका साथै थप सुरक्षाकाे अनुभुति भएकाे वताएका थिए।
यस किसिमकाे कार्यक्रम अन्य सम्वेदनशिल ठाउमा पनि आयाेजना गरिने जानकारी गराईएकाे थियाे।
प्रतिक्रिया