ग्यासु मिया देवान
बिरगंज / रक्सौल । आगामी रामनवमीको विशेष अवसरमा सशस्त्र सिमा बल एसएसबी मुख्यालय ४७ बि बाहिनी रक्सौलद्वारा रक्तदान शिविर आयोजना गरिएको छ ।
नयाँ संवत्सर र नवरात्रीको प्रारम्भ तथा आउँदो रामनवमीको विशेष अवसरमा सशस्त्र सिमा बल एसएसबी मुख्यालय ४७ बि बाहिनी रक्सौलमा रक्तदान शिविरको आयोजना गरिएको थियोे ।
मानव सेवामा समर्पित उक्त रक्तदान शिविर कार्यक्रममा वाहिनीका सिपाहीहरुले बडा उत्साहका साथ रक्तदान कार्यक्रममा भाग लिएका थिए ।
कायम मुकायम कमाण्डेन्ट श्री अगाले प्रियदर्शन अरुण, डिप्टी कमाण्डेन्ट सशस्त्र सिमा बल एसएसबी ४७ बि बाहिनी रक्सौलको आयोजनामा र इन्डियन रेड क्रस सोसाइटी मोतिहारीको सहकार्यमा भएको उक्त रक्तदान शिविर कार्यक्रममा असहायको निस्वार्थ सेवा गर्न उदेश्यको साथ उक्त रक्तदान शिविरको आयोजना गरिएको सशस्त्र सिमा बल एसएसबीका मानव तस्करी रोधक क्षेत्रीय इकाई रक्सौलका प्रमुख प्रहरी निरीक्षक मनोज कुमार शर्माले जनाएका हुन ।
सुरक्षा र भ्रातृत्व" तथा मानव सेवामा समर्पित सशस्त्र सिमा बल रक्सौलले बेला बेलामा उल्लेखनीय र प्रसंशा योग्य कार्य गर्दै स्थानीय सिमा बासीहरुको मन जितन सफल भएको स्थानीय बुद्धिजीवीहरुले बताएका हुन ।
आजको उक्त रक्तदान शिविरमा वाहिनीका कार्यवाहक कमाण्डेन्ट श्री अगाले प्रियदर्शन अरुणले आफै रक्तदान गरि कार्यक्रमको उदघाटन गर्नु भएको थियोे र उहाँसँगै मातहतका अधिकृत सहित २० जना सैनिकले रक्तदान गरिएको र उक्त रक्तदानमा २२ प्वाइन्ट रक्त संकलन भएको इन्डियन रेड क्रस सोसाइटीले बताए ।
त्यसैगरी सशस्त्र सीमा बल एसएसबिले ४७ औँ सेनाले मानव स्वास्थ्य शिविर र भेटेरिनरी शिविर आयोजना गरी सीमावर्ती क्षेत्रका नागरिकको सेवामा सदैव तत्पर रहँदै नागरिक कल्याणकारी कार्यक्रममार्फत नागरिकलाई आत्मनिर्भर बनाउने काम गरिरहेको प्रहरी निरीक्षक मनोज कुमार शर्माले बताए ।
हिजोदेखि नवसंवत्सर तथा नवरात्र सुरु भएको र यस्तो विशेष अवसरमा यस परोपकारी कार्यक्रमको आयोजना गरी ४७ औँ कोर, सशस्त्र सीमा बलले देशवासीको निस्वार्थ सेवा गर्दै आफ्नो कर्तव्यको जिम्मेवारीलाई राम्ररी पूरा गरेका छन् । सीमा क्षेत्रमा व्यापक उपस्थितिका साथसाथै सामाजिक कार्यमा पनि सशस्त्र सीमा बल सदैव तत्पर छ, जसको माथिको कार्यक्रम जीवित उदाहरण हो । वाहिनीले पछिल्लो एक महिनामा आयोजना गरेको यो दोस्रो रक्तदान शिविर हो ।
यो शिविरमा इन्डियन रेडक्रस सोसाइटी मोतिहारीका डा अशोक कुमार, प्रयोगशाला प्राविधिक ओमप्रकाश यादव र सहायक प्राविधिक विनोदकुमार श्रीवास्तवको महत्वपूर्ण भूमिका रहेको थियो ।
कार्यक्रममा वाहिनीका चिकित्सक डा प्रतीक रञ्जन (जीडीएमओ), डेपुटी कमाण्डेन्ट श्री अगाले प्रियदर्शन अरुण, अधिकारीहरूका अलावा मातहतका अधिकृत इन्स्पेक्टर मनोज कुमार शर्मा र सैनिक तथा सञ्चारकर्मीको बाक्लो उपस्थितिमा आजको कार्यक्रमलाई सकारात्मक रुपमा सफल बनाउन महत्वपूर्ण भूमिका प्रहरी निरीक्षक मनोज कुमार शर्माको रहेकोे थियो ।
प्रतिक्रिया