Menu

आजको मौसम

मैले भन्दै नभनेको कुरा कसैले परिचालित भएर लेखेका छन् : भिखारी यादव किन चलखेल गरेको छन् मैले बुझ्न सकेको छैन : भिखारी यादव

Author
Crime News |
March 12, 2024
Featured

 बिरगंज / आफूले बोल्दै नबोलेको विषयलाई संचारमाध्यमले काल्पनीक समाचार प्रकाशित गरको भन्दै पूर्व वडा सचिव भिखारी यादवले आपत्ति जनाएका छन् ।


तत्कालिन वीरगंज उपमहानगरपालिका वडा नं. ३ का वडा सचिव समेत रहेका यादवले आफूले कहिल्यै पनि नभनेको विषयलाई सिधा कुरा भन्ने अनलाइन संचारमाध्यमले कल्पना गरेर समाचार प्रकाशित गरेको भन्दै आपत्ति जनाएका हुन् । 

सोमबार बिहान उनले आफ्नै निवासमा पुगेका संचारकर्मीमाझ आफूले भन्दै नभनेको विषयलाई बनावटी कुरा गरेर डिमाण्डका आधारमा जथाभावी लेखेको बताएका हुन् । 


आफूलाई कसैले कुनै पनि अफर नगरेको र कसैले कुनै प्रकारको धाकधम्की समेत नदिएको भन्दै उनले सिधा कुरा भन्ने संचारमाध्यमले आफूलाई प्रयोग गर्ने चलखेल गरेको स्पष्ट पारेका हुन् । 

आइतबार सिधाकुरा नामको संचार माध्यमले ‘‘वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर’’ भन्ने शीर्षकमा प्रकासित समाचारलाई लिएर उनले आपत्ति जनाएका हुन् ।  

जिल्ला समन्वय समिति पर्साका सभापति अजय सर्राफ, वडा नम्बर १५ का वडा अध्यक्ष रमेश यादव, वडा नम्बर ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार र जसपाको नगर अध्यक्ष ईश्वर यादवले आफूलाई पैसाको प्रलोभन दिएको भन्दै तत्कालिन पञ्जिकरण अधिकारी समेत रहेका भिखारी राय यादवको नाम कोट गरेर उक्त संचारमाध्यमले समाचार प्रकाशित गरेको थियो ।  

आफूहरुले तत्कालिन पञ्जिकरण अधिकारी समेत रहेका यादवलाई कुनै पनि प्रलोभन तथा धम्कि नदिएको भन्दै चारै जनाले आरोप खण्डन गर्दै पञ्जिकरण अधिकारीकै घरमा सोमबार प्रहरीसहित पुगेका थिए । 


उक्त क्रममा तत्कालिन पञ्जिकाधिकारी रहेका यादवले आफूलाई कसैले पनि प्रलोभन नदिएको र धम्की पनि नदिएको भन्दै सिधा कुरा भन्ने संचारमाध्यमले बनावटी र कपोकल्पित रुपमा आफ्नो नाम दुरुपयोग गरेर समाचार प्रकाशित गरेको बताएका हुन् । 

उनले भन्दै नभनेको विषयलाई मनगढन्ते रुपमा प्रकाशित गरेर आफूलाई अनावश्यक विवादमा ल्याउने उक्त संचारमाध्यममाथि मानहानीको मुद्धा दायर गर्ने पनि उनले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3