Menu

आजको मौसम

नेशनल मेडिकल कलेजका एम.डि शाहनवाज अन्सारी चयन, मेडिकलको बिषयमा पत्रकार सम्मेलनको आयोजना ।

Author
Crime News |
February 26, 2024
Featured

 ग्यासु मिया देवान 

वीरगञ्ज / वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेज (एन.एम.सी) को सम्पति भागबण्डाको विषयलाई लिएर दुई दाजुभाई बिचको विवाद छताछुल्ल भएको छ ।


नेशनल मेडिकल कलेजका अध्यक्ष जैनुद्दिन अन्सारी र उनका साहिला भाई बसरुद्दिन अन्सारीबिच मेडिकल कलेजको जायजेथाको भागबण्डाको विषयलाई लिएर केहि महिनादेखि चल्दै आएको विवाद अहिले छताछुल्ल भएको हो । अध्यक्ष जैनुद्दिनले मेडिकल कलेजको प्रबन्ध निर्देशक(एमडी) बाट बसरुद्दिनलाई पदच्यूत गरेर आफ्नै छोरा शाहनवाज अन्सारीलाई एमडीमा नियुक्त गरेपछि दुई दाजुभाईबिचको विवाद झन चर्किएको छ ।


गत शुक्रबार अध्यक्ष जैनुद्दिनले आफ्ना छोरा शाहनवाजलाई एमडीमा नियुक्त गरिएको निर्णय सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि विवाद झन् बढेको हो । शाहनवाजलाई एमडीमा नियुक्त गरिएको निर्णय विभिन्न माध्यमबाट सार्वजनिक भएपछि बसरुद्दिनले भने मेडिकल कलेजको एमडी आफू नै यथावत रहेको र अध्यक्ष पनि बनेको भन्दै सामाजिक सञ्जाल मार्फत प्रचारबाजी गरेका छन् ।

त्यसपछि आइतबार अध्यक्ष जैनुद्दिनका छोरा तथा मेडिकल कलेजका नवनियुक्त एमडी शाहनवाजले पत्रकार सम्मेलन गरेर मेकिडल कलेजका बारेमा बसरुद्दिनले फिजाएको हल्ला भ्रामक रहेको दाबी गरेका छन् ।


पत्रकार सम्मेलनमा शाहनवाजले मेडिकल कलेजको सञ्चालक समितिले यहि फागुन ४ गतेदेखि लागु हुने गरि आफुलाई एमडीमा नियुक्त गरेको दाबी गरे । फागुन ४ गते सम्पन्न मेडिकल कलेजको वार्षिक साधरण सभाले संस्थापक अध्यक्ष जैनुद्दिन अन्सारीकै अध्यक्षतामा तीन सदस्यीय सञ्चालक समिति गठन गरेको उनले बताए । वाषिर्क साधरण सभाले सञ्चालक अध्यक्षमा जैनुद्दिन अन्सारी, प्रबन्ध सञ्चालकमा आफुलाई र सञ्चालकमा नुशरत जहान अन्सारीलाई नियुक्त गरेको शहनवाजले जानकारी दिए । नुशरत, अध्यक्ष जैनुद्दिनकै छोरी हुन् ।


पत्रकार सम्मेलनमा शाहनवाजले यसअघिका एमडी बसरुद्दिनको कार्यशैली र गतिविधीमा कैफियत देखिएपछि सञ्चालक समितिले उनलाई एमडी पदबाट हटाएको प्रष्टीकरण पनि दिए । उनले भने, ‘कानूनी रुपमा एक जना मात्र सञ्चालक समितिमा रहने व्यवस्था भएपनि कामको बोझले अध्यक्षले बसरुद्दिन अन्सारीलाई प्रबन्ध निर्देशकको जिम्मेवारी दिनु भएको् थियो । तर केहि समयदेखि उनको कार्य सञ्चालनमा कैफियत देखियो । अध्यक्षले उनलाई पटक पटक सचेत पनि गराएका थिए । तर त्यसका बाबजुद सुधार नआएपछि अध्यक्षले अन्सारीको अधिकार कटौती गर्दै जानु भएको हो । अहिले मेडिकल कलेज प्रालिमा बसरुद्धिनको १० प्रतिशत मात्र शेयर लगानी छ । त्यो बाहेक यस मेकिडल कलेजसँग उनको कुनै साइनो छैन ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3