ग्यासु मिया देवान
बिरगंज / पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा न.२ जानकीटोला निवासी मोजहर मियाको छोरा बर्ष २० को चुन्ना मिया दुर्घटनामा परेका छन ।
बिशेष कामले घरबाट आदापुर सिरिसिया गइरहेको अवस्थामा रक्सौलको बाइपास रोड हरैया पेट्रोलपम्प नजिक बिपरित दिशाबाट आइरहेको भारतीय नम्बर प्लेटको WB53C-1674 को मालवाहक टेन्करको ठक्करबाट मोटरसाइकल सवार चुन्ना मियालाई गम्भीर दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका हुन ।
चुन्ना मियाको दुबै खुट्टा भाचिएको र तत्काल अवस्थामा रक्सौलको लक्षमिपुर स्थित एस.आर.पि.अस्पतालमा भर्ना गरि उपचार गरिएको चुन्ना मियाका बुबा मोजहर मियाले बताएका हुन ।
टेन्कर र टेन्कर चालक दुबैलाई रक्सौलको हरैया थानामा राखिएको छ ।
रक्सौलको हरैया प्रहरी चौकी (थाना) मा आवस्यक कानुनी कार्वाहीको साथै पीडितलाई छतिपुर्ती दिलाउन पीडित घाइते चुन्ना मियाका बुबा मोजहर मियाले निवेदन दर्ता गराइएको पर्सा जानकीटोला निवासी समाजसेवि मनोज कुमार महतोले जनाएका हुन ।
दुर्घटना भारत बिहारको पुर्वी चम्पारण रक्सौल स्थित हरैया थानाको एरियामा भएको हुन्दा भारतीय कानुन अनुसार (कोट) अदालतमा एफ.आइ.आर. दर्ता गरिएको र उक्त छतिपुर्तीको लागि अदालत जानुपर्ने हरैया थाना अध्यक्ष प्रहरी नायब निरीक्षक अनुज कुमारले बताए ।
पीडित घाइते नेपालको पर्सा जिल्ला निवासी रहेको र सामान्य परिवारको भएको हुन्दा उचित न्याय र छतिपुर्ती दिलाउनको लागी नेपाल प्रहरी प्रशासन सङ आवस्यक सहयोग र सहकार्य गराइदिनुहुन पीडितका बुबा मोजहर मियाले अनुरोध गरेका हुन ।
प्रतिक्रिया