Menu

आजको मौसम

सामुदायिक सेवा केन्द्र मिनाबजारले लैङ्िगक हिंसा विरुद्ध अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरे ।

Author
Crime News |
November 28, 2023
Featured

 बिरगंज / सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारको आयोजनामा लैङ्गकि हिंसा सम्बन्धित अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।


अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको १६ दिने अभियानलाई सफल बनाउन यस सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारले  सभ्य र भब्य रुपमा आज माईस्थान बिध्यापिढ माध्यमिक बिधालयमा लैङ्िगक हिंसा विरुद्धको प्रशिक्षण ( तालीम ) आढ कझाका बालबालिकाहरुलाई दिएको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारका उपाध्यक्ष प्रवेश कुमार सरार्फले बताएका हुन ।


लैङ्गकि हिंसा अन्त्य गर्न र लैङ्गकि हिंसालाई रोक्नका लागि कानुनी प्रक्रिया र लैङ्गकि हिंसाको बिषयमा विभिन्न बक्ताहरुले प्रकाश पारेका थिए ।


समुदाय- प्रहरी साझेदारी अन्तरगतरहि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारले आयोजना गरेको उक्त अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि तथा


प्रशिक्षक वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटी, बिशिस्ट अतिथि बिरगंज महानगर पालिका वडा न.७ का वडा अध्यक्ष हिराकाजी महर्जन, नारायणी अस्पताल बिरगंजका नर्सिङ प्रमुख हेमा थापा, माईस्थान बिध्यापिठ मा.बि.का प्रधान्ध्यापक मुनिलाल, अतिथिहरुमा शिक्षक शाहिल देवान, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारका

उपाध्यक्ष प्रवेश सरार्फ, वरिष्ठ उपाध्यक्ष ज्याउलहक समानी, सचीव ग्यासु मिया देवान, सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत प्रहरी सहायक निरीक्षक मिना बडाल, प्रहरी जवान राजु साह लगायत बिधालयका विभिन्न शिक्षक र शिक्षाकाहरुको सहभागिता रहेको थियोे ।

लैङ्िगक हिंसा सम्बन्धित अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारका अध्यक्ष बासुदेव सहनीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको सचीव ग्यासु मिया देवानले बताए ।



यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3