Menu

आजको मौसम

बीरगन्जमा विद्यापती स्मृति दिवस सप्पन्न । बीरगन्जमा महाकवि विद्यापतिको प्रतिमामा माल्यर्पण ।

Author
Crime News |
November 25, 2023
Featured

 महेश दास 

बीरगन्ज / मैथिली भाषाका महाकवि विद्यापतीको स्मृति दिवस शनिबार बीरगन्जमा सम्पन्न भएको छ । विद्यापतिको देह अवसान भएको कार्तिक त्रयोदशीको दिन विद्यापती स्मृति दिवस मैथिली भाषीहरुले आयोजना गर्ने गर्छन् ।


बीरगन्ज भन्सार रोड स्थित महाकवि विद्यापतिको प्रतिमामा माल्यार्पण तथा स्मृति कवि गोष्ठी को आयोजना गरिएको थियो ।

मैथिली कवि तथा नापी कार्यालय पर्साका प्रमुख राकेश कुमार झा को प्रमुख आतिथ्य मा भएको थियो । नारायणी वाङमय प्रतिष्ठान बीरगन्जको अध्यक्ष डाक्टर विशम्भर शर्मा, मैथिली साहित्य परिषद् बीरगन्जको अध्यक्ष महेश दास र अमृत चिन्तन प्रतिष्ठान को अध्यक्ष भगवान मिश्र , कवि सतिष चन्द्र सजल , परिषद् का उपाध्यक्ष कालीकुमार कर्ण , सचिव शोभाकान्त झा लगायतले महाकवी विद्यापतिको जीवन र मैथिली भाषामा गर्नु भएको रचना तथा योगदान बारे मन्तव्य दिनु भएको त्जियो ।


कार्यक्रम मैथिली साहित्य परिषद् बीरगन्ज र अ्मृत चिन्तन प्रतिष्ठानको सयुक्त आयोजनामा आयोजित भएको थियो । मैथिली साहित्य र भाषा को गतिविधिलाई निरन्तरता दिन हरेक महिनाको पहिलो शनिबार दिउसो ४ बजे चित्रगुप्त मन्दिरमा मैथिली कवि तथा साहित्य गोष्ठी गरिने सचिव शोभाकान्त झाले जानकारी दिनु भएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3