Menu

आजको मौसम

इनर्वामा विराट कुस्ती प्रतियोगिताको उद्घाटन नेपाल / भारतका कुस्ती खेलाडीहरुको उत्कृष्ट प्रदर्शन ।

Author
Crime News |
November 20, 2023
Featured

 ग्यासु मिया देवान 

बिरगंज / बिरगंज महानगरपालिका वडा न. १६ इनर्वा महावीर मन्दिर संरक्षण समाजले आयोजना गरेको बिराट कुस्ती प्रतियोगिता आयोजना गरिएको हो ।


आस्थाको महान पर्व छट पर्वको अन्तिम दिन पारणाको दिन प्रत्येक वर्ष झै यस वर्षपनि कुस्ती प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका प्रचार प्रसार बिभागका संयोजक फरिद आलमले बताएका हुन ।


मंसिर महिनाको ४ र ५ गते दुई दिन सम्म गरिएको उक्त विराट कुस्ती प्रतियोगितामा नेपाल र भारतका विभिन्न सहर जम्मु काश्मिर, दिल्ली, पन्जाब, हरियाना, गोरखपुर, बनारस लगायत ठाउँ बाट उत्कृष्ट (पहलवान ) कुस्ती खेलाडीहरुको सहभागिता रहेको विराट कुस्ती प्रतियोगिता समितिका सह कोषाध्यक्ष फरिद आलमले बताए ।


आजको उक्त कुस्ती प्रतियोगिताका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय प्रदीप यादवले उद्घाटन गर्दै कुस्ती खेलाडीहरुको मनोबल बडाउन र तराई मधेसका लोकप्रिय खेल कुस्ती रहेको र राज्यले कुस्ती खेलाडीहरुलाई तलब भत्ता सहित कुस्ती खेलाडीहरुलाई संरक्षण गरि मधेसको पहिचान गराउन नेपाल सरकार सङ माग गरे ।


सो कुस्ती प्रतियोगिताका अतिथिहरु जिल्ला समन्वय समिति पर्साका सभापति अजय सरार्फ, बिरगंज महानगरपालिका प्रमुख राजेशमान सिंह, विश्रामपुर गाउँपालिका अध्यक्ष जुबैर भाइ, बहुदरमाई नगरपालिका प्रमुख सिंहघासन साह, बिरगंज वडा न.१६ का वडा अध्यक्ष पशुराम चौरसिया, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापा, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटी, सशस्त्र प्रहरी बल लगायतको सहभागिता रहेको कुस्ती प्रतियोगिताका प्रचार प्रमुख फरिद आलमले जनाएका हुन ।


विराट कुस्ती प्रतियोगिताका अध्यक्ष पलक धारी यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लाखौं दर्शनार्थीहरुको उपस्तिथि रहेको सो खेल विराट कुस्ती प्रतियोगिता भब्य र सभ्य रुपमा सम्पन्न भएको विराट कुस्ती प्रतियोगिता समितीका उपाध्यक्ष लालदेव यादवले बताएका हुन ।



यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3