बर्दिबास, महोत्तरी / सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास र भारतीय सशस्त्र सीमा बल (SSB) मुजफारपुर, बेतिया र पुर्निया को सेक्टर हे.क्वा. बिच मिति २०८०।०६।२२ गते DIG Level counterparts coordination meeting आयोजना गरिएको हो ।
उक्त मिटिङ्गमा सीमा अपराध, साम्प्रादायिक एवं धार्मिक सहिष्णुता कायम राख्नको लागि कुनैपनि किसिमका अवाञ्छित गतिविधि हुन नदिन तथा
दशगजा ईलाकामा कुनै किसिमको अतिक्रमण हुन नदिन, उग्र साम्प्रादायिक गतिविधि हुन नदिनको लागि आवश्यक सहयोग र सहकार्य गर्ने, नेपाली सवारी साधनहरुलाई सहज रुपमा आवागमन गर्नको लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने ।
बढ्दो लागुऔषध ओसारपसार नियन्त्रण गर्नको लागि बिशेष सुरक्षा कार्वाही तथा मानब ओसारपसार तथा बेचबिखन नियन्त्रण गर्न दुबै पक्षले अन्य सरोकारवाल संघ संस्थाहरुसँग आवश्यक समन्वय गर्नुका साथै अवैध रुपमा सीमा क्षेत्रमा हुने आर्थिक अपराध नियन्त्रण गर्नको लागि सहकार्य गर्ने र नजिकै आउदै गरेको चाडपर्वहरुलाई लक्षित गरी सीमावर्ती क्षेत्रमा आवागमन सहज तथा सुरक्षित बनाउनको लागि हेल्प डेक्स स्थापना कार्यलाई प्रभावकारी रुपमा संचालन गर्ने विषयमा छलफल भएको र उक्त बैठकमा स.प्र.बल, नेपालको तर्फबाट मधेश प्रदेशको जिम्मेवारी सभाल्नु भएको स.प्र.बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहको नेतृत्वमा भएको उक्त बैठकमा भारतका उच्चपदतका सुरक्षाकर्मी SSB को तर्फबाट मुजफारपुर सेक्टर हे.क्वा.का DIG दिपक कुमार (IPS) ले नेतृत्व गर्नुभएको थियो ।
साथै कार्यक्रममा बेतिया सेक्टर हे.क्वा. का DIG सुरेश सुबरमनियम र सिमावर्तित इलाकामा कार्यरत दुवै संगठनका कार्यालय प्रमुखहरूको समेत उपस्थिति रहेकोे थियो ।
सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था बारेमा वाहिनीका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधव प्रसाद पौडेलले जानकारी गराउनु भएको थियो ।




