Menu

आजको मौसम

सशस्त्र सिमा बलका प्रहरी निरीक्षक (इंस्पेक्टर ) मनोज कुमार शर्माले गरे कामाल दुई आर्केस्टामा छापामारी एक नाबालिक युवतीलाई उद्वार आर्केस्टा संचालक पक्राउ

Author
Crime News |
September 20, 2023
Featured

 


ग्यासु मिया देवान 

बिरगंज / रक्सौल, मानव तस्करी रोधक इकाई झेत्रिय मुख्यालय एसएसबी बेतिया कार्यालय 47 बि बाहिनी सशस्त्र सिमा बल रक्सौल र मिशन मुक्ति फाउन्डेसनको सहयोगमा बिहार राज्यको पछ्मी चम्पारण जिल्ला बेतियामा कुमारबाग स्थित लोहियारी चौकमा रहेको न्यु पायल म्युजिक ग्रुपमा छापामारी गरि एक पीडित नाबालिक युवतीलाई उद्वार गरिएको हो ।


बिशेष सूचनाको आधारमा मानव तस्करी रोधक इकाई झेत्रिय मुख्यालय सशस्त्र सिमा बल एसएसबी 47 बि बाहिनी रक्सौलका सशस्त्र प्रहरी निरीक्षक मनोज कुमार शर्माको कमान्डमा खटिएको प्रहरी टोलिले उक्त आर्केस्टामा छापामारी गरि आर्केस्टा संचालकहरुलाई पक्राउ गरिएको इंस्पेक्टर मनोज कुमार शर्माले बताएका हुन ।

उक्त आर्केस्टामा एक नाबालिक युवतीलाई बन्दक बनाइ राखेको र यौन शोषण बाल शोषण अश्लील नृत्य गराउनको साथै मान्सिक र साररिक यातना समेत दिएको सूचना पाउन साथ सशस्त्र प्रहरी निरीक्षक ( इंस्पेक्टर ) मनोज कुमार शर्माको कमान्डमा खटिएको टोलिले उक्त आर्केस्टा संचालक मन्जुर आलम र दिपेन्द्र कुमार, बान्किबुल्ला समेतलाई पक्राउ गरि आवश्यक कानुनी कार्यवाहीको लागि कारागार चलान गरिएको सशस्त्र प्रहरी निरीक्षक मनोज कुमार शर्माले बताए ।

उक्त उद्वार गरिएको पीडित नाबालिक युवतीहरुले बताए अनुसार गरिबीको फाइदा उठाउदै आर्केस्टाका संचालकहरुले बन्दक बनाउनुको साथै अश्लील नृत्य प्रदर्शन गर्न लगाउने र कुटपिट समेत गर्ने गरेको पीडित नाबालिक युवतीले बताए । आज उद्वार गरिएको नाबालिक युवतीलाई मेडिकल गराई आश्रय गृहमा पठाएको हो ।


मानव तस्करी रोकथाम अभियान अन्तर्गत सुरक्षित रेस्क्यु अपरेसन छापामारीमा महिला प्रहरी चौकी बेतियाका प्रहरी नायब निरीक्षक सुधा कुमारी, प्रहरी नायब निरीक्षक अनिल कुमार शर्मा, मिशन मुक्त फाउन्डेसनका डाइरेक्टर बिरेन्द्र कुमार, जिल्ला बाल संरक्षण इकाई बेतियाका अजय कुमार, राजिव गिरि, प्रहरी थान बेतियाका प्रहरी निरीक्षक एससी माधव, प्रहरी हवल्दार अरबिन्द दुबेदी लगायतको सहभागितामा बन्दक बनाइ राखिएको अवस्थामा पीडित नाबालिक युवतीलाई सकुशल उद्वार गरिएको प्रहरी निरीक्षक मनोज कुमार शर्माले बताएका हुन ।


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3