बिरगंज /असोज,१ / सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म बिरगंज भन्सारको टोलिले आज बिशेष सूचनाको आधारमा ठुलो परिमाणमा समान पक्राउ गरिएको छ ।
बिरगंज महानगरपालिका वडा न.१६ स्थित अबैध भन्सार छली चोरी पैठारी गरि ल्याउदै गरिरहेको अवस्थामा उक्त मालसमान बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले बताएका हुन ।
प्रस्तावित गुल्म बिरगंजका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहको कमान्डमा खटिएको बिशेष टोलिले भन्सार छली चोरीपैठारी गरि ल्याउन्दै गरेको अवस्थामा उक्त मालसमान पक्राउ गरिएको सशस्त्र प्रहरी बलले बताए ।
पक्राउ गरिएको मालसामानको भन्सार मुल्य रु,१०,००,३००।- दस लाख तीन सय बराबरको रहेको अबैध समान पक्राउ गरि आजै बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल १३ न. गण पर्साका प्रबक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले बताए ।
प्रतिक्रिया