Menu

आजको मौसम

सशस्त्र प्रहरी बल पर्सा द्वारा आठ सय केजी अबैध काजु पक्राउ

Author
Crime News |
September 12, 2023
Featured

 ग्यासु मिया देवान 

बिरगंज भदौ २५ / बिरगंज महानगरपालिका वडा न. १० आदर्शनगरको बजरङटोलमा रहेको मगनी राउतको घरमा छापामारी गरि आठ सय ( ८०० ) किलो काजु सशस्त्र प्रहरी बल नेपाल न, १३ गण हेक्वा पर्साले बरामद गरेको सशस्त्र प्रहरी बल पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक किष्ण कर्मचार्यले बताएका हुन ।


खुल्ला सिमानाको फाइदा उठाउदै भारतबाट चोरी पैठारी गरि लुकाई छिपाई ल्याएको उक्त आठ सय केजी काजु गोदाम स्टोर गरि राखिएको अवस्थामा ठुलो परिमाणको उक्त काजु आज सशस्त्र प्रहरी बल पर्साले पक्राउ गरि बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले जनाएका हुन ।


बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहको कमान्डमा खटिएको सशस्त्र प्रहरी बलको बिशेष टोलिले उक्त घरमा स्टोरगरि राखिएको अबैध काजु पक्राउ गरि आजै बिरगंज भन्सार कार्यालयमा बुझिएको भन्सार अधिकृत दिपेन्द्र शर्मा पौडेलले बताए ।


पक्राउ परेको अबैध काजु भन्सार मुल्यांकन रु, ७,२०,०००/- सात लाख बीस हजार बराबरको रहेको बिरगंज भन्सार कार्यालयले बताए ।


बिरगंज भन्सारका कर्मचारीको साथ सहयोगमा उक्त आठ सय केजी अबैध काजु बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र कुमार सिंहले बताउनु भएको हो ।


सशस्त्र प्रहरी बल पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक किष्ण कर्मचार्य र सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंह पर्साजिल्लाको जिम्मेवारीमा छोटो समयमै उत्कृष्ट कार्य गर्दै स्थानीयहरुको मन जित्न सफल भएको बुद्धिजीवीहरुको भनाइ छ ।


बिगतमा हुने चोरीपैठारी लाई निरुत्साहित गर्दै सिमा छेत्रमा हुने अपराधीक गतिविधिमा पुर्णरूपमा लगाम लगाउनुको साथै इमानदार र निष्ठावान भै बिभागले दिएको जिम्मेवारीलाई पुर्ण पालना गरिरहनु भएको सशस्त्र प्रहरी बलका एक अधिकारीले बताए ।


पर्सा जिल्लाको विभिन्न बिओपी र गुल्मपतिले आ-आफ्नो एरियाका सिमा सुरक्षामा रात-दिन खटिरहेको स्थानीय आम जनताहरुले बताएका हुन ।


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3