बिरगंज / नेपाल सरकारका उधोग बाणिज्य तथा आपूर्ति मन्त्री माननीय श्री रमेश रिजाल ज्युको प्रमुख आतिथ्यमा
जगारनाथपुर गाउँपालिकाको वन तथा वातावरण शाखाको विशेष सहयोगमा गठित हरियाली बन ब्यवस्थापन समुह सुहपुर सोहरी जगरनाथपुर गाउँपालिका वडा न, ४ मा स्वस्थ्य बाताबरण उदेश्यले वन लगाउने ठाउँमा आज वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
समुहका अध्यक्ष ब्रजेश प्र यादव ज्युको अध्यक्षतामा वृक्षारोपण कार्यक्रम सु सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा प्रदेश सभा सदस्य माननीय शंकर चौधरी , बशिष्ट ना प्र कुर्मी जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव ,वडा अध्यक्ष प्रभुनाथ प्र नुनिया, बिहारी मह्तो, लक्ष्मी साह , सुभाष कुमार यादव ,वडा सदस्यहरु,समुहका पदाधिकारी ,सदस्य तथा जगरनाथपुर गाउँपालिकाका स्थानीय जनताहरुको उल्लेखनीय सहभागितामा उदघाटन तथा बृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ ।
आजको उक्त कार्यक्रममा विभिन्न प्रजातिका बिरुवाहरु,सागवान,शिरीष,सपेता,बकायकदम,निम,बेल ,पिपल, बर्गज,भिलोर,जंगली बिरुवा ,जडिबुटी, आँप,जामुन,आवला लागायत विभिन्न प्रजातिका ६००० हजार थान बिरुवाहरु रोपिएको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले जनाएका हुन ।
प्रतिक्रिया