Menu

आजको मौसम

सशस्त्र प्रहरी बलद्वारा चरेस पक्राउ ।

Author
Crime News |
July 12, 2023
Featured

 ग्यासु मिया देवान 

बिरगंज / सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म बिरगंज भन्सारले आज प्रतिबन्धित लागु औषध १५ केजी चरेस पक्राउ गरेको छ ।



पर्साको पटेर्वा सुगौली गाउपालिका वडा न.५ मा बस्ने बर्ष ३५ को सत्यनारायण माझी र सोही ठाउँमा बस्ने बर्ष ४० को प्रहलाद माझीले BR 22 M. 4206 नम्बर को मोटरसाइकलमा सिटमुनि लुकाई छिपाई नेपालबाट भारत तिर लगिरहेको बिषेश सूचनाको आधारमा सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म बिरगंज भन्सारका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक राम जङ्ग पाण्डेको नेतृत्वमा उक्त लागु औषध चरेस पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल १३ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले बताएका हुन ।


आजै उक्त पक्राउ गरेको चरेस कानुनी प्रक्रिया पुर्याई पक्राउ परेको मानिस, चरेस र मोटरसाइकल सहित इनर्वा प्रहरी चौकीमा बुझाइएको हो ।



यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3