ग्यासु मिया देवान
बिरगंज / रक्सौल , मानव तस्करी रोधक इकाई कार्यालय रक्सौल द्वारा नेपाल - भारत सिमामा हुने मानव तस्करी रोक्न दुइ देशका सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
रास्टृय बिश्व बिद्यालय पटना र सशस्त्र सिमा सुरक्षा बल ४७ बाहिनी रक्सौलले आयोजना गरेको मानव तस्करी, बाल शोषण, महिला हिंसा, बाल मजदुरी तथा ओसारपसारमा सिमामा हुने रोक थाम बारे विभिन्न डेमु प्रयोग गरि सुरक्षा र चुनौती रोकथाम कसरी गर्ने बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको सशस्त्र प्रहरी निरीक्षक मनोज कुमार शर्माले बताएका हुन ।
सशस्त्र सिमा सुरक्षा बल ४७ बाहिनी रक्सौलका प्रमुख कमान्डेड बिकास कुमार ज्युको अध्यक्षतामा भएको उक्त अन्तरक्रियामा नेपाल - भारत सिमा सुरक्षामा दिन- रात खटिने सशस्त्र सिमा सुरक्षा बल ( SSB ) लाई प्रशिक्षण दिएको प्रहरी निरीक्षक मनोज कुमार शर्माले बताए ।
आजको उक्त कार्यशालामा सशस्त्र सिमा सुरक्षा बलका २१ बाहिनी, ४४बाहिनी,४७बाहिनी,६५बाहिनी र ७१ बाहिनीका पदाधिकारीहरुको सहभागितामा भएको सो अन्तरक्रिया कार्यक्रमको संचालित प्रहरी निरीक्षक मनोज कुमार शर्माले गरेका थिए । उक्त कार्यक्रममा नरकटियागन्जका उपनिरीक्षक अनुज कुमार, महिला प्रहरी चौकी रक्सौलका उपनिरीक्षक खुश्बु कुमारी, रेल्वे प्रहरी प्रभारी रक्सौलका आर आर कस्यब, जिल्ला बाल कल्याण बिरगंजका प्रमुख किरण शर्मा, गैर सरकारी संस्थाका आरती कुमारी, प्रयास सेन्टर रक्सौलका राज गुप्ता, देव प्रकाश मिश्र, रन्जित सिंह, सन्दिप कुमार, माइती नेपाल बिरगंजका प्रमुख अनिशा गौतम, आफन्त नेपाल बिरगंजका सुधा साप्कोटा, बाल सहायक संरक्षण कृष्ण कुमार यादव र त्रिभुवन बिश्व बिधालय काठमाडौका मानव तस्करी सोधकर्ता सम्बन्धि सल्लाहकार बिशनु सापकोटा लगायतकाको सहभागितामा भएको उक्त कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न भएको सशस्त्र प्रहरी निरीक्षक मनोज कुमार शर्माले बताएका हुन ।
प्रतिक्रिया