स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

वीरगन्जमा छिन् छिन् मा लाइन कट्ने समस्या तत्काल समाधान गर्न विद्युत प्राधिकरणलाई मेयर सिंहकाे निर्देशन

SHARE: 520

वीरगन्ज ,२३जेष्ठ : वीरगन्ज महानगर र यस आसपासका क्षेत्रमा केही हप्ता यतादेखि लगातार रुपमा भइरहेकाे अघाेषित लाेडसेडिङ र ट्रिपीङकाे समस्याले जनजिवनमा पारेकाे असर बारे वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नेपाल विद्युत प्राधिकरणकाे ध्यानाकर्षण गराएका छन् ।

दुई हप्तायता अत्याधिक रुपमा बढेकाे गर्मीले जनजिवन नै अस्तव्यस्त भइरहेका बेला विद्युत आपूर्तिमा भईरहेकाे समस्याले वीरगन्ज र यस आसपासका वासिन्दा थप पिडित बनेका छन् ।

वीरगन्ज महानगरका मेयर सिंहले मंगलबार नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख अवधेश कुमार देउवालाई भेटेर विद्युत आपूर्तिमा देखिएकाे समस्या र त्यसबाट जनजिवनमा परेकाे असरबारे ध्यानाकर्षण गराएका हुन् ।

वीरगन्ज महानगरपालिकामै प्राधिकरणका प्रमुख दुवेलाई बाेलाएर मेयर सिंहले छिन छिनमा लाइन कट्ने समस्या तत्काल समाधान गर्न निर्देशन दिए । प्रचण्ड गर्मीले आजित बनेका वीरगन्जवासी छिन छिनमा लाइन कट्दा थप पिडामा परेकाे भन्दै मेयर सिंहले याे समस्या समाधानका लागि प्राधिकरणले तत्कालै काम थाल्नुपर्नेमा जाेड दिए ।

जवाफमा विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख दुवेले वीरगन्ज क्षेत्रमा केहिदिन यता पटक पटक विद्युतकाे ट्रीप भएर लाइन कटिरहेकाे स्विकारे । याे समस्या समाधानका लागि वीरगन्ज क्षेत्रका थप २० स्थानमा नयाँ ट्रान्सर्फमर राख्नुपर्ने आवश्यकता रहेकाे भन्दै उनले त्यसका लागि प्राधिकरणले तयारी गरिरहेकाे जानकारी मेयर सिंहलाई गराए ।नयाँ ट्रान्सर्फमर जडानका क्रममा सहयाेग गरिदिन उनले मेयर सिंहसंग आग्रह पनि गरे ।

दुवेकाे कुरा सुनेपछि मेयर सिंहले प्राधिकरणले नयाँ ट्रान्सर्फमर जडान गर्ने क्रममा अवराेध नगरि सहयाेग गरिदिन वीरगन्जवासीसंग अपिल पनि गरेका छन् ।

The post वीरगन्जमा छिन् छिन् मा लाइन कट्ने समस्या तत्काल समाधान गर्न विद्युत प्राधिकरणलाई मेयर सिंहकाे निर्देशन appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,IFTTT,39,Madhes Khabar,39,news,1383,अपराध,34,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,131,राजनीति,76,विजनेश,19,समाचार,31,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: वीरगन्जमा छिन् छिन् मा लाइन कट्ने समस्या तत्काल समाधान गर्न विद्युत प्राधिकरणलाई मेयर सिंहकाे निर्देशन
वीरगन्जमा छिन् छिन् मा लाइन कट्ने समस्या तत्काल समाधान गर्न विद्युत प्राधिकरणलाई मेयर सिंहकाे निर्देशन
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/06/IMG-20230606-WA0006.jpg?resize=1400%2C1050&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/06/blog-post_26.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/06/blog-post_26.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content