वीरगन्ज ,१६ जेष्ठ:वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बहिरा विद्यार्थीका लागि आउजाउ गर्न यात्रुवाहक बसको व्यवस्था मिलाउने बताएका छन् ।
वीरगन्जमा मंगलबारदेखि सुरु सरोकारवालाहरुका लागि १० दिने आधारभुत सांकेतिक भाषा तालिमको उद्घाटन गर्दै उनले बहिरा विद्यार्थीहरुको आवागमन सहज बनाउन यातायातको प्रबन्ध मिलाउने बताएका हुन् ।
वीरगन्ज महानगर क्षेत्रमा २ सय जना बहिरा विद्यार्थी रहेको भन्दै उनले उनीहरुको शिक्षाको प्रबन्ध महानगरले गरिरहेको पनि बताए । अहिले पठन पाठन भइरहेको स्थानबाट सारेर अर्को स्थानमा सुविधासम्पन्न विद्यालय बनाउने काम अघि बढाइएको भन्दै उनले बहिरा बालबालिकाहरूको उज्ज्वल भविष्यको लागि सबै एक जुट भएर काम गर्नुपर्ने बताए ।
बहिराहरुको विचार भावना बुझ्न सकियोस भनेरै महानगरले सांकेतिक भाषाको तालिमका लागि सहयोग गरेको पनि उनले बताए।
तालिममा १५ जना महिला पुरुषको सहभागिता छ । पर्सा बहिरा संघकी उपाध्यक्ष समिक्षा सापकोटाको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा महानगरका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण, बहिरा संघ पर्साका अध्यक्ष सगुन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण अर्चना कर्णले गरेकी थिइन् ।
The post बहिरा बालबालिकाको भविष्यका लागि सबैले मिलेर काम गरौँ : मेयर सिंह appeared first on Madhes Khabar.
साभारः मधेसखबर
प्रतिक्रिया