स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

नेपाल–भारत बिचको आर्थिक सम्बन्धलाई नयाँ शीराबाट अघि बढाउनु पर्छ : मन्त्री रिजाल

SHARE: 520

वीरगन्ज, ४ जेष्ठ : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाल–भारत बिचको द्विपक्षीय आर्थिक सम्बन्धलाई नयाँ शीराबाट अघि बढाउनु पर्नेमा आवश्यकता भएको बताएका छन् ।बिहिबार वीरगञ्जमा आयोजित ‘भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन २०२३’ लाई सम्बोधन गर्दै मन्त्री रिजालले यस्तो बताएका हुन् ।

कोरोना संक्रमणले विश्वव्यापी अर्थतन्त्रलाई पारेको असरका कारण दुई मुलुकबिचको विगतको इतिहास, सम्बन्ध र व्यापार गर्ने तरिकाको नयाँ शीराबाट मूल्यांकन र अध्ययन गर्न अत्यन्तै आवश्यक रहेको मन्त्री रिजालले बताए । कोरोना संक्रमणले विश्वव्यापी अर्थतन्त्रमा परेको नकारात्मक असरको बाबजुद पनि नेपाल भारत बिच भएको कारोबार डिजिटलाइजेशन सकारात्मक रहेको मन्त्री रिजालको भनाई थियो ।

दुई देशबिच विभिन्न क्षेत्रहरूमा सहयोग आदानप्रदान हुँदै आएको बताउँदै मन्त्री रिजालले नेपालमा लगानीको सबैभन्दा ठूलो स्रोत भारत रहेको उल्लेख गरे । दुई देश बिचको सम्बन्धलाई अझ प्रगाढ बनाउन ‘भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन २०२३’ ले महत्वपूर्ण भूमिका खेल्ने मन्त्री रिजालले बिश्वास व्यक्त गरे ।

विश्वव्यापी आर्थिक संकटलाई समाधान गर्नका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने आवश्यक्ता औँल्याउँदै उनले ऊर्जा, पूर्वाधार, दुरसञ्चार, बैंकिग, वित्तिय सेवा, सूचना प्रविधि, पर्यटन लगायतका क्षेत्रमा हातेमालो गर्न सकिने प्रशस्तै सम्भावना रहेको बताए ।द्विदेशिय व्यापारको प्रक्रियालाई सरलीकरण गर्नुका साथै आर्थिक समस्याहरुको पहिचान गरी समाधान गर्न शिखर सम्मेलन सहयोगी हुने मन्त्री रिजालको विश्वास छ ।

नेपाल एस बी आई बैंक, नेपाल भारत उद्योग उद्योग वाणिज्य संघ वीरगञ्ज च्याप्टर, वीरगञ्ज उद्योग वाणिज्य संघ र द स्टार्टअप नेटवर्कसँगको सहकार्यमा पिएचडी च्याम्बर अफ कमर्शद्वारा आयोजित शिखर सम्मेलनलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य एंव कांग्रेस केन्द्रिय सदस्य अजय चौरसियाले आयातमुखी अर्थतन्त्रलाई निरुत्साहित गर्दै निर्यातमुखी अर्थतन्त्रको विकास गर्नुपर्ने आवश्यक्ता भएको बताए ।

दुवै देशको भन्सार लगायत सीमा क्षेत्रमा सहज रुपमै आयात तथा निर्यात गर्ने वातावरणको सृजना गर्न सके उद्योगी व्यवसायीलाई राहत मिल्ने सांसद चौरसियाको भनाई छ । नेपाल र भारतबिचको सनातन कालदेखिको सम्बन्धलाई सुमधुर बनाइराख्न आर्थिक विकासमा पनि साझेदारी गर्नुपर्ने चौरसियाले बताए ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले भारतमा सञ्चालित अवैध सटही काउन्टरले ठगीरहेकोप्रति ध्यानाकर्षण गराए । कानूनी मान्यताअनुरुप सटही काउन्टर सञ्चालनका लागि पहल गर्न आग्रह गर्दै अध्यक्ष अग्रवालले उद्योग तथा कलकारखानाका यन्त्रहरुमा खराबी आउँदा खरिद गरेर ल्याउन नमिल्ने व्यवस्थाप्रति आपत्ती जनाए । साथै उनले राजस्व तिरेर ल्याउने वातावरण बनाउन आग्रह पनि गरेका ।

मसलाजन्य सामाग्रीको आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न पनि उनले आग्रह गरे । प्रतिबन्ध गर्दा अवैध रुपमा आयात भइरहेको बताउँदै उनले कानूनी बाटोबमोजिम सरकारलाई राजस्व तिरेरै ल्याउने वातावरण बनाएमा सरकारको राजस्वमा पनि योगदान हुने बताए ।

नेपाल भारत उद्योग वाणिज्य संघकी अध्यक्ष सृजना राणाको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगी एंव मधेस प्रदेशका पूर्व मन्त्री ओमप्रकाश शर्मा ,नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद्य, नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी, लगायतको उपस्थिती रहेको थियो ।

 

The post नेपाल–भारत बिचको आर्थिक सम्बन्धलाई नयाँ शीराबाट अघि बढाउनु पर्छ : मन्त्री रिजाल appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,IFTTT,39,Madhes Khabar,39,news,1383,अपराध,34,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,131,राजनीति,76,विजनेश,19,समाचार,31,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: नेपाल–भारत बिचको आर्थिक सम्बन्धलाई नयाँ शीराबाट अघि बढाउनु पर्छ : मन्त्री रिजाल
नेपाल–भारत बिचको आर्थिक सम्बन्धलाई नयाँ शीराबाट अघि बढाउनु पर्छ : मन्त्री रिजाल
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/05/Rijal-Birgunj.jpg?resize=1024%2C576&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/05/blog-post_762.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/05/blog-post_762.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content