स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

वीरगन्जको सिर्सिया नदि प्रदुषणमुक्त बनाउनका लागि सरकारलाई दबाब दिन काठमाडौंमा धर्ना

SHARE: 520

वीरगन्ज, १४ जेष्ठ : झण्डै तीन दशकदेखि प्रदुषित वीरगन्जको सिर्सिया नदिलाई प्रदुषणमुक्त र अतिक्रमण मुक्त बनाउनका लागि सरकारलाई दबाब दिन वीरगन्जदेखि पैदलयात्रा गरि काठमाण्डौ पुगेका अभियन्ताहरुले माइतीघर मण्डलामा धर्ना दिएका छन् ।

जेष्ठ ४ गते वीरगन्जस्थित सिर्सिया नदिनको प्रदुषित पानी बोत्तलमा भरेर त्यहि दिनदेखि पैदल यात्रा थालेका अभियन्ताहरुले आइतबार ११ औं दिन काठमाण्डौ पुगेर माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।चुरे तथा वनजंगल संरक्षण अभियानको अगुवाईमा आइतबार काठमाण्डौ पुगेका करिब २५ जना अभियन्ताहरु दिउँसो १ बजेदेखि धर्नामा बसेको अभियानका संरक्षक सरोज रायले बताए ।

‘सिर्सिया नदिलाई प्रदुषणमुक्त र अतिक्रमण मुक्त बनाउनुपर्ने हाम्रो माग हो , त्यसकालागि सरकारले नदि प्रदुषण नियन्त्रण बोर्ड गठन गर्नुपर्छ , रायले भने,‘ हाम्रा यी माग सरकारले सम्बोधन नगरेसम्म धर्ना अनिश्तिकालसम्म जारी रहन्छ ।

वीरगन्जबाट पैदल हिडेर ११ औं दिन आइतबार दिउँसो काठमाडौं आइपुगे लगत्तै ममाइतीघर मण्डलामा आफुहरु धर्नामा बसेको भन्दै उनले भने,‘ वीरगन्जबाट ल्याइएको सिर्सिया नदिको प्रदुषित पानी सिंहदरबारमै पुगेर प्रधानमन्त्रीलाई उपहारका रुपमा बुझाउर्ने कार्यक्रम पनि छ ।

सोमबार सरकारको बजेट भाषण रहेकाले मंगलबार उक्त प्रदुषित पानी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उपहारका रुपमा बुुझाउने आफुहरुको तयारी रहेको जानकारी उनले गराए ।

सिर्सिया नदीको प्रदुषण नियन्त्रण र अतिक्रमण हटाउनकाका लागि सरकारलाई दबाब दिन भन्दै अभियानकाो अगुवाइमा ३२ जना अभियन्ताहरु गत जेठ ४ देखि काँधमा सिर्सिया नदीको प्रदूषित पानी बोकेर काठमाण्डौसम्मको पैदल यात्रामा निस्किएका थिए  ।
हेटौंडा, नारायणगढ, मुग्लिङ , मलेखु , नौबिसे हुँदै आइतबार दिउँसो ११ औंदिनमा आफुहरु काठमाडौं पुगेको धर्नामा बसेका अभियानका संयोजक सुनिल यादवले बताए ।

वीरगन्ज महानगरको लाइफलाइनका रुपमै रहेको सिर्सिया नदि पर्सा–बारा औद्योगिक कोरिडोरममा रहेका उद्योगहरुका कारण तीन दशकदेखि प्रदूषित बनेको हो । उद्योगहरुले उद्योगबाट निस्कने रसायनयुक्त पानी , फोहारजन्य पदार्थ प्रशोधन नगरि सिधै नदिमा मिसाउँदै आएका छन् ।नदि छेउका कतितपय उद्योग र व्याक्तिहरुले सिर्सिया नदि तटको जग्गाको अतिक्रमण गरि संरचना बनाएका कारण नदि अतिक्रमणकोपनि चपेटामा परेको छ ।

नदिको प्रदुषण नियन्त्रणका लागि यसअघि वीरगन्जका सामाजिक अभियन्ता र नदि तटका स्थानीयले पटक पटक आन्दोलन गर्दै आएपनि नदि प्रदुषणमुक्त भने हुन सकेको छैन ।

सिर्सिया नदिलाई प्रदूषणमुक्त बनाउन चार महिनायतादेखि वीरगन्ज महानगरपालिकाले पनि अभियान थालेको छ । उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा गठित सिर्सिया नदि प्रदूषण नियन्त्रण समितिले उद्योगहरूमा पटकपटक अनुगमन गरेर गत चैतमा नदि प्रदूषित गर्ने पाँच वटा उद्योगलाई जनही ३÷३ लाखको दरले आर्थिक जरिवाना पनि गरेको थियो ।तर कारबाहीमा परेका ती उद्योगले अहिलेसम्म पनि जरीबाना बापतको रकम महानगरपालिकाको कार्यालयमा दाखिला गरेका छैनन् । जरीबाना बापतको रकम दाखिला नगर्ने ती पाँचवटै उद्योगहरुको इजाजत पत्र नै खारेज गर्ने प्रक्रियामा महानगरपालिका लागिसकेको वीरगन्जका मेयर राजेशमान सिंहले बताए ।

पर्साको छिमेकी जिल्ला बाराको जितपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ३ स्थित रामवनको जंगलबाट सुरु भइ बग्ने सिर्सिया नदी वीरगन्ज हुँदै भारतको रक्सौलसम्म पुगेको छ । नदिको प्रदुषित हुदाँ त्यसबाट बाराको सिमरा, ताजपुर, बकुलिया, परवानीपुर, रमौली, रामपुर टोकनी, छातापिपरा, नितनपुर, पर्सा वीरगन्जको रामगढवा, रानीघाट, सिर्सिया खल्वाटोला, छपकैयाका साथै भारत बिहारको रक्सौलसम्मका बासिन्दा प्रभावित छन् ।

२०७३ मा तत्कालीन जनसंख्या तथा वातावरण मन्त्रालयको अध्ययनले पर्सा– बारा औद्योगिक कोरिडोरका २ सय ५० वटा उद्योगले फोहोर पानी प्रशोधन नगरी सिर्सिया नदिमा मिसाएको पाइएको थियो । त्यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले २०६७ मा सिर्सिया नदी अनुगमन समिति गठन गरेको थियो । रितेश त्रिपाठीको अध्यक्षतामा गठित नदी अनुगमन समितिले नदीको स्थलगत अनुगमन गर्दा ४२ भन्दा बढि उद्योगका कारण नदि प्रदुषित बनेको भेटिएको थियो ।

The post वीरगन्जको सिर्सिया नदि प्रदुषणमुक्त बनाउनका लागि सरकारलाई दबाब दिन काठमाडौंमा धर्ना appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,IFTTT,255,Madhes Khabar,255,news,1383,अपराध,34,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,135,राजनीति,76,विजनेश,19,समाचार,45,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: वीरगन्जको सिर्सिया नदि प्रदुषणमुक्त बनाउनका लागि सरकारलाई दबाब दिन काठमाडौंमा धर्ना
वीरगन्जको सिर्सिया नदि प्रदुषणमुक्त बनाउनका लागि सरकारलाई दबाब दिन काठमाडौंमा धर्ना
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/05/dharna-1.jpg?resize=1024%2C768&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/05/blog-post_150.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/05/blog-post_150.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content