स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

सिके राउतलाई प्रदीप यादवकाे काउन्टर : भ्रमकाे खेती बन्द गर्नुस् , मधेसमा मुख्यमन्त्री जसपाकै रहन्छ

SHARE: 520

वीरगन्ज ,२बैशाख : जसपाका केन्द्रीय राजनीतिक समिति सदस्य प्रदीप यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा २ का मतदातालाई प्रभावित पार्न मधेस सरकार बारे भ्रम छर्न सुरु गरेकाे बताएका छन् ।पुर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले उपनिर्वाचनपछि मधेस प्रदेशका मुख्यमन्त्री परिवर्तन गर्ने बारे गठबन्धनभित्र कुनै छलफल वा सहमति नभएकाे बताएका छन् ।

जनमतका अध्यक्ष राउतले शनिबार सामाजिक सन्जाल फेसबुकमा उपनिर्वाचन लगत्तै मधेसकाे मुख्यमन्त्री जनमत पार्टीको हुने भन्दै पाेष्ट गरेपछि त्यसकाे प्रतिवाद गर्दै जसपा नेता यादवले बरु उपनिर्वाचनपछि मधेस सरकारबाट जनमत पार्टीकै बहिर्गमन हुने सम्भावना रहेकाे बताएका छन् ।

सामाजिक सन्जालबाटै सिके राउतलाई जवाफ दिदै जसपा नेता यादवले लेखेका छन् , सिके राउतजी भ्रमको खेती गर्न कहिले बन्द गर्नुहुन्छ? उपनिर्वाचन पश्चात मधेसमा मुख्यमन्त्री परिवर्तन हुने जस्तो हावादारी गफ गरेर तपाईंले मतदातालाई प्रभावित गर्न सक्नु हुन्न । मलाई लाग्छ तपाईँको पार्टीले उठाएको उम्मेदवारको हार निश्चित देखेपछि तपाईँले हिम्मत हारेको पुष्टि हुन्छ ।

पुर्वमन्त्री यादवले गठबन्धनका दलहरु जसपा, कांग्रेस, माओवादी, लोसपा र नेकपा (एस) सबै इमान्दार रहेकाे भन्दै गठबन्धनभित्रै रहेर जनमत पार्टीले भने धाेखा दिदै गद्दारी गरेकाे बताएका छन् ।

पाँच दलिय गठबन्धनमा मधेसकाे मुख्यमन्त्री हालै परिवर्तन गर्ने कुनै सहमति नै नभएको भन्दै यादवले राउतलाई प्रश्न गर्दै साेधेका छन्, सिके जी खै तपाईँले कुन सहमतिको कुरा गर्दै हुनुहुन्छ ? बरु उपनिर्वाचनपछि मधेस सरकारमा तपाईँको पार्टी टिक्छ की टिक्दैन भन्ने समयले बताउने छ ।

उपनिर्वाचनपछि पनि मधेसमा जसपाकै मुख्यमन्त्री कायम रहने यादवले बताएका छन् ।यादवले भनेका छन्, बाँकी वैशाख १० गतेपछि जनताको अभिमतले दुधको दुध र पानीको पानी हुने नै छ ।

The post सिके राउतलाई प्रदीप यादवकाे काउन्टर : भ्रमकाे खेती बन्द गर्नुस् , मधेसमा मुख्यमन्त्री जसपाकै रहन्छ appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,112,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: सिके राउतलाई प्रदीप यादवकाे काउन्टर : भ्रमकाे खेती बन्द गर्नुस् , मधेसमा मुख्यमन्त्री जसपाकै रहन्छ
सिके राउतलाई प्रदीप यादवकाे काउन्टर : भ्रमकाे खेती बन्द गर्नुस् , मधेसमा मुख्यमन्त्री जसपाकै रहन्छ
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/08/pradeep-yadav-.jpg?resize=760%2C529&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/04/blog-post_96.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/04/blog-post_96.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content